म्याग्दीमा महावीर पुनलाई दोब्बरभन्दा बढी मतको अग्रता

काठमाडौँ। म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् ।
धवलागिरि गाउँपालिका र मालिका गाउँपालिकाका ४ वडासम्मको मतगणना गर्दा महावीर पुनले ३ हजार ७ सय ४० मत पाएर फराकिलो अग्रता लिएका छन् ।
एमालेका हरिकृष्ण श्रेष्ठले १ हजार ५ सय २८ मतले ल्याएका छन् । नेकपाका अर्जुन थापाले १ हजार ३ सय २० र काँग्रेसका कर्णबहादुर भण्डारीले १ हजार २ सय ८७ मत पाएका छन् ।



