ब्यानर न्युज
ढुङ्गाबाट जिल्लाको चिनारी
जिल्लालाई जुनारको जिल्ला भनेर चिनाउनका लागि विभिन्न नदीमा यत्रतत्र छरिएर रहेका ढुङ्गा सङ्कलन गरी मन्थली बजारका सरकारी कार्यालय वरिपरि उपयुक्त स्थानमा रङरोगन गरेर राखी जिल्लाको पहिचान गराउने अभियान थालिएको छ ।रामेछाप–काठमाडौँ सृजनशील समाजले जिल्लामा रहेका सरकारी कार्यालयको मूलढोका नजिकै तथा सडकको नाला छेउमा ढुङ्गालाई रङ लगाएर जिल्लाको चिनारी गराउने अभियान थालेको हो । समाजले स्थानीय तामाकोसी र रणजोर खोलामा रहेका…
Read More »संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति प्रथम
रामेछाप । जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति गाउँपालिका प्रथम भएको छ । केही दिन अघी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार सुनापती गाउँपालिका ७७.५ अङ्क सहित प्रथम भएको हो ।कार्यपालिका तथा कर्मचारीको भरपुर साथका कारण स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति प्रथम भएको पालिका अध्यक्ष ठुलो कान्छा तामाङ बताउँछन् । उनी भन्छन् – यो…
Read More »लिखुतामाकोशीमा पिउने पानीको अभावमुहान खोज्दै गाउँपालिका
रामेछाप । आफ्ना नागरिकलाई पिउन पानीको समस्या परेपछि पानीको मुहान खोज्दै हिँडेका छन् केशव महत । महत लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष हुन् । लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ३,४ र ५ का नागरिकलाई पिउन पानीको अती समस्या भएकोले समाधानका गर्न पानीको मुहानको खोजीका लागी आफै हिँडेका हुन् उनी ।लिखुतामाकोशी गाउँपालिकाको वडा नं. ३ काङ्बा, वडा नं. ४ बिजुलीकोट र वडा…
Read More »नेपाल महिला संघ रामेछापकी संस्थापक अध्यक्ष भट्टराईको निधन
रामेछाप । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघ रामेछापकी संस्थापक अध्यक्ष गणेश कुमारी भट्टराईको निधन भएको छ ।क्यान्सर पीडित भट्टराईको सोमबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले बताएको छ । १९९४ फागुन १० गते मन्थली मै जन्मिएकी भट्टराई विवाह गरेर हालको मन्थली ४ सालु गैराथोकमा पुगेकी थिइन् । उनि हाल माइतीमै बस्दै आएकी थिइन् ।तत्कालीन समय देखि नै महिलाहरू…
Read More »जिल्लाकै अस्पतालमा सेवा पाउँदा नागरिक खुसी, अस्पतालको शैया भरियो बिरामीले
रामेछाप । केही दिनदेखि जिल्ला अस्पताल रामेछापको बेड बिरामीले भरिभराउ भएको छ । ४ दिनदेखि अस्पतालमा बेड भर्ना हुने बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले बताए । “१५ शैयाको अस्पतालको सबै शैयाहरु बिरामीले भरिएको छ”,उनले भने । बिरामीहरू थप हुन सक्ने भएकाले केही शैया थप गरेर व्यवस्थापन मिलाइएको डा श्रेष्ठले बताए । अहिले अस्पतालमा ज्वरो,निमोनिया…
Read More »ठेकेदारको लापरबाहीले पुल अलपत्र ,सम्झौता मिति सकिदा भौतिक प्रगति ३ प्रतिशत मात्रै
रामेछाप । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना अन्तर्गतको सेलेघाटको तामाकोसी पुल निर्माण कार्य अलपत्र परेको छ । निर्माण कम्पनीको लापरबाहीले पुल निर्माण अलपत्र परेको हो । निर्माण कम्पनीले केही काम सुरु गरेको जस्तो गरेको छ । केही सामान झारिएको पनि छ । तर महिनौँ देखि त्यहाँ कुनै काम भएको छैन ।२०८० असार २६ गते काम सम्पन्न गर्ने गरी कालिका÷ प्यासिफिक जेभीले…
Read More »पञ्चेबाजा संरक्षण समाज रामेछापको अध्यक्षमा गोपाल नेपाली चयन
रामेछाप । पञ्चेबाजा संरक्षण समाज रामेछापको अध्यक्षमा गोपाल नेपाली चयन भएका छन् । शनिवार मन्थलीमा भएको संरक्षण समाजको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले गोपाल नेपालीको नेतृत्वमा नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा लक्ष्मण नेपाली, सचिवमा राजन सुन्दास र कोषाध्यक्षमा रामहरि दमाईलाई चयन गरेको छ । त्यसै गरी सदस्यहरूमा कमला सुन्दास माझी, विनायक नेपाली, गोपाल दमाई,…
Read More »सुकाजोरमा शिक्षकसँग वडाध्यक्ष
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले शिक्षा क्षेत्र सुधारका लागी शिक्षकसँग वडाध्यक्ष कार्यक्रम संचालन गरेको छ । वडाले वडामा रहेको ७ वटा विद्यालयका शिक्षकलाई जिल्लाको नमुना विद्यालय डहु मावि सहित काठमाण्डौँको २ वटा नमुना विद्यालयको अध्ययन अवलोकन भ्रमण गराएको थियो । शिक्षा क्षेत्र सुधारका लागी शिक्षकसँग वडाध्यक्ष अन्तरक्रिया कार्यक्रम गरेको रामेछाप नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं…
Read More »बालमैत्री स्थानीय शासन सम्बन्धी लोकगीत प्रतियोगिता
रामेछाप । जिल्लाको रामेछाप नगरपालि८का वडा नं. ८ मा बालमैत्री स्थानीय शासन सम्बन्धी लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । केवलेश्वर वडा बाल सञ्जालको प्रथम वार्षिक उत्सवको अवसरमा रामेछाप नगरपालिका वडा नं. ८ को समन्वय तथा बाल सञ्जालको आयोजनामा बाल समूह बीच बालमैत्री स्थानीय शासन सम्बन्धी लोकगीत प्रतियोगिता शुक्रवार भएको हो ।प्रतियोगितामा सिद्देश्वर वाल समूह डुम्रिखर्क प्रथम, वाल मन्दिर वाल समूह…
Read More »मन्थली–रामेछाप सडक मर्मत गुणस्तरहीन खोलाको गेगर, कोसीको पाँगो माटो मिसिएको बालुवा प्रयोग गर्दै निर्माण व्यवसायी
रामेछाप । मन्थली–रामेछाप सडक मर्मत कार्य गुणस्तरहीन भएको पाइएको छ । मन्थली–रामेछाप सडक मर्मतको ठेक्का पाएको ठेकेदार कम्पनी शंकर–सिम्रन–प्रथमा जे.भि.ले मर्मत कार्यमा लापरबाही गरी गुणस्तरहीन काम गर्दै आएको छ ।शंकर–सिम्रन–प्रथमा जे.भि.ले यती बेला मन्थली–रामेछाप सडक खण्डमा नाला मर्मत गर्ने, मेसिनरी वाल लगाउने लगायतको काम सुरु गरेको छ । निर्माण कम्पनीले नाला बनाउँदा खोलाको गेगर, कोसीको पाँगो माटो मिसिएको बालुवा प्रयोग…
Read More »