ब्यानर न्युज
रामेछाप नगर रनिङसिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु
रामेछाप । रामेछाप नगरपालिकाको छैटौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८० बिहीबारदेखि सुरु भएको छ । रामेछाप बजारको टुँडिखेल मैदानमा प्रतियोगिता सुरु भएको हो।प्रतियोगिताको उद्घाटन गर्दै बागमती प्रदेशका सांसद तारानारायण श्रेष्ठले खेलकुदको विकास विना राष्ट्रको विकास सम्भव नभएकोले सरकारले खेलकुदको क्षेत्रमा लगानी गर्नु पर्ने बताए । उनले खेलकुद विकासको गतिसँगै शैक्षिक विकासको गतिलाई पनि उत्तिकै महत्वदिनु पर्ने भएकोले यसको सुधारका लागि नीतिगत…
Read More »लिखु गाउँपालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङशिल्ड सुरु
ओखलढुङ्गा । जिल्लाको लिखु गाउँपालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुक्रवार बाट सुरु भएको छ । लिखु गाउँपालिका वडा न. ६ गाम्नान्टारको खेल मैदानमा रनिङशिल्ड सुरु भएको हो । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना सुरु भएको प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।खेल र खेलाडी भनेको राष्ट्रको हुन्छ, कुनै दलको हुँदैन ।…
Read More »ईपीएस पीडितहरूले बालकुमारीमा जलाए मन्त्रीकाे गाडी
काठमाडाैं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ। रोजगार अनुमति प्रणाली (इपिएस) लाई लिएर आन्दोलन गरिरहेकाहरूले रिङरोडमा शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडी आगो लगाएका हुन्। मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो। ‘आन्दोलनकारीले पहिले गाडीको हावा खुस्काए। अनि केहीबेरमा आगो लगाए। म र दुई जना पिएसओ कसोकसो उम्कियौं,’ उनले भने। बालकुमारी क्षेत्रमा ठूलो…
Read More »यी हुन् प्रधानमन्त्रीले घोषणा गरेका नयाँ योजना र कार्यक्रम
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको एक वर्षका अवसरमा देसबासीका नाममा सम्बोधन गर्नुहुँदै केही महत्त्वपूर्ण योजना र कार्यक्रमसमेत घोषणा गरेका छन् । आफ्नो एक वर्षे कार्यकालका उपलब्धि र सरकारको अबको योजनासहित प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्बोधन गरेका हुन् । सरकारले आगामी दिनमा गर्ने केही महत्त्वपूर्ण काम र त्यसको योजनाबारे प्रधानमन्त्रीको सम्बोधनका क्रममा अटाएका विषय राससले बुँदागतरुपमा केलाएको…
Read More »यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (पूर्णविवरण)
काठमाडौँ । सरकारले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद एक वर्षको अवधिमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आज सार्वजनिक विवरणमा सो अवधिमा सुरु गरिएका कार्य र प्राप्त उपलब्धिले राष्ट्रलाई शान्ति, स्थिरता,…
Read More »मन्थली नगर राष्ट्रपति रनिङ शिल्डमा लगातार मन्थली माविको वर्चस्व
रामेछाप । मन्थलीमा सम्पन्न छैटौँ मन्थली नगर राष्ट्रपति रनिङ शिल्ड लगातार तेस्रो पटक मन्थली माविले जितेको छ । २२ वटा विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगिता मन्थली माविले जितेको हो । प्रतियोगितामा भलिबल, कबर्दि, तेक्वान्दो, उसु, र एथलेटिक्स लगायतका खेलहरू खेलाइएको थियो । प्रतियोगितामा तामाकोशी बोर्डिङ स्कुल दोस्रो भएको छ भने कर्कला देवी इङ्लिस बोर्डिङ स्कुलले तृतीय स्थान हासिल गरेको छ…
Read More »मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यसमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको छ । २२ मंसिरमा दुबईबाट काठमाडौँ आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । त्यसक्रममा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए । घटनाबारे…
Read More »झट्टेश्वर माविका बिद्यार्थीहरुलाई न्यानो कपडा
रामेछाप । झट्टेश्वर मा वि का पूर्व बिद्यार्थीहरुले हाल अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ मा रहेको सो विद्यालयमा अध्ययनरत पूर्व बिद्यार्थीहरुले हाल अध्ययनरत ४ सय ५० जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको पूर्व विद्यार्थी एवं नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका पार्टी सभापति भोजराज खड्का ( सुन्दर)ले बताए । न्यानो कपडा वितरण गर्दै…
Read More »प्रधानमन्त्रीको निर्देशन : ‘झोलामा खोला’ को स्थिति अन्त्य गर्नुस्
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । आज (बिहीबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठक एवं दिशानिर्देशमा बोल्दै प्रधानमन्त्री प्रचण्डले निश्चित क्राइटएरिया बनाएर त्यसलाई खारेज गर्नपर्ने…
Read More »राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकियो
काठमाडौँ । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तोकेको छ । निर्वाचन आयोगले बिहीबार प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर,…
Read More »