झट्टेश्वर माविका बिद्यार्थीहरुलाई न्यानो कपडा

रामेछाप । झट्टेश्वर मा वि का पूर्व बिद्यार्थीहरुले हाल अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ मा रहेको सो विद्यालयमा अध्ययनरत पूर्व बिद्यार्थीहरुले हाल अध्ययनरत ४ सय ५० जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको पूर्व विद्यार्थी एवं नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका पार्टी सभापति भोजराज खड्का ( सुन्दर)ले बताए ।
न्यानो कपडा वितरण गर्दै गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि केशव महतले जाडोको समयमा पूर्व बिद्यार्थीहरुले आफूले कमाएको रकमबाट अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेर समाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । जसरी यस झट्टेश्वरी माध्यमिक विद्यालयका पूर्व बिद्यार्थीहरु मिलेर अध्ययनरत बिद्यार्थीहरुलाई सहयोग गर्नु भयो, यो समाज प्रतिको उत्तरदायित्व हो । धेरै युवा विद्यालय छाडेपछि बिर्सने बानी छ तर यस समाजका युवाले आफू अध्ययन गरेको विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सहयोग गर्नु महत्त्वपूर्ण कार्य हो । उनले भने ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर तामाङको अध्यक्षतामा भएको थियो ।