समाचार

  • एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै


    रामेछाप । एक विद्यालय एक नर्स कार्यक्रम लागु भएपछि रामेछापका विद्यालयमा विद्यार्थीहरूको औषधी उपचारमा सहज भएको छ । जिल्लाका सबै विद्यालयले नर्स नराखे पनि नर्सको व्यवस्थापन गरेका विद्यालयका विद्यार्थीलाई भने यसले धेरै सजिलो भएको छ । विद्यालयमा नियमित नर्स आउन थालेपछि सामान्य चोटपटक लाग्दा बिचैमा कक्षा छाडेर जानुपर्ने अवस्था अन्त्य भएको छ ।यति मात्र नभई महिनावारी र अन्य किशोरावस्थामा हुने…

    Read More »
  • अज्ञात रोगका कारण लिखुका होमबहादुर तामाङको गोठ रितियो


    ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नम्बर २ सिंहदेवीमा एकै समयमा होमबहादुर तामाङको गोठ खाली भएको छ । अज्ञात रोगका कारण केही समयमा पालेको सबै चौपाया मरेका छन् ।तामाङको बिहीबार दिउसो करिब १ बजे तिर ७ वटा खसी १ वटा बाख्रा र २ वटा भैँसी गरी १० वटा पशु चौपाया अचानक मरेका हुन् । तामाङको दुई लाख भन्दा बढी क्षति…

    Read More »
  • वडाले खेलाडीलाई नगद सहित गर्यो सम्मान


    रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ ले वडाका खेलाडीलाई नगद सहित सम्मान गरेको छ । वडाले बाग्मती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्न छनोट भएका वडाका खेलाडीलाई नगद सहित सम्मान गरेको हो ।शुक्रवार वडा कार्यालयमा वडाध्यक्ष सन्तोष तामाङले ४ जना खेलाडी र प्रशिक्षकलाई सम्मान गरे । गत पुस २४ गते सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा…

    Read More »
  • दुना टपरी बनाउन सिकाउँदै रामेछाप नगरपालिका


    रामेछाप । अहिले लोप हुँदै गएको दुना–टपरी गाँस्ने प्रशिक्षण पनि दिइन्छ भन्दा अनौठो लाग्न सक्छ । यद्यपि रामेछाप नगरपालिकाले दुना–टपरी गाँस्न सिकाउन तालिम नै संचालन गरेको छ । सालको पातबाट बनाइने दुना–टपरी गाँस्ने प्रशिक्षणमा नगरका १० महिला सहभागी छन् । बढ्दो प्लास्टिकजन्य वस्तुलाई निरुत्साहित गर्न पनि पातबाट बनाइने दुना–टपरी तालिम प्रदान गरिएको रामेछाप नगरपालिकाले जनाएको छ ।हातले दुना टपरी गाँसेर काम चलाउने भन्दा…

    Read More »
  • सुत्केरी हुन नसकेपछि दोरम्बाकी सपनाको सेनाको हेलिकप्टरबाट उद्धार


    रामेछाप । सुत्केरी हुन नसकेर छटपटाइरहेकी रामेछापको दोरम्बाकी सपना तामाङलाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौँ लगिएको छ । गाउँपालिकाको वडा नं २ की सुत्केरी हुन नसकेर पीडामा परेकी ४१ वर्षीया तामाङलाई रामेछाप प्रदेश (ख) का सांसद युवराज चौलागाईँको विशेष पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि शुक्रवार काठमाडौँको प्रसूति गृहमा पठाइएको हो । समयमै सुत्केरी हुन नसकेर मरणासन्न…

    Read More »
  • मेलुङ गाउँपालिकाले सिकायो साबुन बनाउन


    दोलखा । जिल्लाको मेलुङ गाउँपालिका वडा नं. ३ घ्याङमा साबुन बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत १० दिने साबुन बनाउने तालिम सम्पन्न भएको हो ।तालिममा वडाका १४ जनाको सहभागिता रहेको उद्योग विकास शाखाका उविस दिनेश थापाले जानकारी दिए ।तालिममा सिकेका कुरा अब व्यवहारमा लागु गरी व्यवसायीक रुपमा अगाडी बढ्न गाउँपालिका अध्यक्ष…

    Read More »
  • मनाइयो लदिपुजा


    रामेछाप । माझी समुदायको विशेष पर्व लदिपुजा धूमधामकासाथ यसपालि पनि मनाइएको छ । प्रत्येक वर्षको फागुन महिनाको साइँली मङ्गलबार मनाउने लदी (कोसी) पूजाको पहिलो दिन मङ्गलबार जिल्लाको विभिन्न स्थानमा बसोबास रहेको माझी समुदायले मनाएका छन् । रामेछापको मन्थली नगरपालिका वडा नं ८ गाइखुराका माझीसमुदायहरुले तामाकोशीको किनारमा छिनारी (मसान), मंगलादेवी र जलदेवीकानाममा पाठी, कुखुरा लगायतका वली चढाएर पूजा मनाएका छन् ।यसपालिबाट…

    Read More »
  • गोकुलगंगा माविले मनायो स्वर्ण जयन्ती


    रामेछाप । जिल्लाको गोकुलगगा गाउँपालिका वडा नं. ३ पात्ले डाँडामा स्थापित गोकुलगंगा माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । स्वर्ण जयन्ती मनाउन प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले गोकुलगंगा आइपुगेका थिए ।कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सभामुख घिमिरेले गोकुलगंगा गाउँपालिका प्रकृति, भूगोल, कृषि उत्पादन, जलविद्युत, पर्यटन, जडीबुटी लगायत अनेकौँ सम्भावना भएको गाउँपालिका भएकोले यसलाई आम्दानी सँग जोड्नु पर्ने बताए । सभामुख घिमिरेले…

    Read More »
  • पालिकाले दिने सेवा सुविधाबाट विद्यालयमा अक्षयकोष


    रामेछाप। जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आफूले पालिकाबाट पाउने सेवा सुविधाको रकमबाट आफ्ना स्वर्गीय बाबुको पूर्णबहादुर खड्काको नाममा अक्षयकोष बनाएका छन् । अध्यक्ष खड्काले सेवा सुविधाबाट आउने रकमबाट २ लाखको अक्षयकोष गोकुलगंगा माध्यमिक विद्यालयमा स्थापना गरे ।गोकुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर अध्यक्ष खड्काले पूर्णबहादुर खड्का अक्षय कोषको घोषणा गरेका हुन् । उनले घोषणा गरेको कोषकालागी कबोल गरेको…

    Read More »
  • पत्रकार महासंघलाई ७ दिनको अल्टिमेटम


    रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघलाई संस्थापक अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठ कायम गर्न ७ दिनको अल्टिमेटम दिएको छ ।महासंघलाई फोनिजले मंगलवार ७ दिने अल्टिमेटम पत्रसहित स्मरण पत्र बुझाएको हो ।फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठले फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ तथा फोनिजका अन्य सदस्यहरूसहितको टोलीले नेपाल पत्रकार महासंघ रामेछापको अध्यक्ष बद्री नयाँघरेलाइ अल्टिमेटम पत्रसहित…

    Read More »
Back to top button