वडाले खेलाडीलाई नगद सहित गर्यो सम्मान

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ ले वडाका खेलाडीलाई नगद सहित सम्मान गरेको छ । वडाले बाग्मती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्न छनोट भएका वडाका खेलाडीलाई नगद सहित सम्मान गरेको हो ।
शुक्रवार वडा कार्यालयमा वडाध्यक्ष सन्तोष तामाङले ४ जना खेलाडी र प्रशिक्षकलाई सम्मान गरे । गत पुस २४ गते सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने वडाका खेलाडी र प्रशिक्षक वडाले सम्मान गरेको हो ।
तेक्वान्दोमा स्वर्ण पदक जित्न सफल आकृति मगर र कल्याणी तामाङ, उसुमा स्वर्ण पदक जित्न सफल निकिता शाही र कबड्डीमा रजत पदक जित्न सफल ओलीसा नेवा खड्गीलाई वडाले सम्मान गरेको हो । खेलाडीसँगै प्रशिक्षक टिकाराम राना मगरलाई पनि वडाले सम्मान गरेको छ।
वडाध्यक्ष तामाङले खेलाडीहरूलाई जनही नगद ३ हजारसँगै खादा लगाएर सम्मान गरे । प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि उत्कृष्ट भएर आए थप सहयोग गरिने प्रतिबद्धता उनले व्यक्त गरे । बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ गते देखि चितवनमा हुँदैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button