समाचार
कपिलवस्तु बस दुर्घटना हुदाँ १० जनाको मृत्यु
बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा भएका १० जनाको मृत्यु भएको छ । मृत्यृ हुनेहरुमा रौतहट औराही ३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका…
Read More »मनाइयो वसन्त पञ्चमी
रामेछाप । हिउँद महिनाको आरम्भ सँगै वसन्त क्रतुको प्रवेश हुने दिन भएका कारण आजको दीनमा धरै खालका शुभ कार्यहरूको पनि थालनी गर्ने चलन रहेको छ । जस अन्तर्गत आजकै दिन घर तथा विद्यालयहरूमा सरस्वती पूजा गरी आफ्ना भर्खरका बाल बच्चाहरूलाई अक्षर आरम्भ गराउने,बालबालिकाको कान छेड्ने,गाउँघर तीर आजकै दीन पारेर कृषकहरूले बहर दाउने र अन्य थुप्रै शुभ कार्य गर्ने चलन पनि…
Read More »ट्राफिक सप्ताह सम्पन्न
रामेछाप । ट्राफिक रामेछापले सुरु गरेको ट्राफिक सप्ताह बुधवार सम्पन्न भएको छ । एक हप्ता सम्म ट्राफिक नियमको पालनाका लागि सरोकारवालाहरूलाई सचेतिकरण लगायत विभिन्न प्रयास गरी सडक दुर्घटनालाई न्यूनीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले गत बिहीबार बाट सुरु भएको ट्राफिक सप्ताह देवकोटा चोकमा दीप प्रज्वलन गरी समापन गरिएको हो । कार्यक्रममा प्रहरी निरीक्षक रन्जन गिरी, नेपाल पत्रकार महासंघका अध्यक्ष वद्री नयाँघरे…
Read More »संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति प्रथम
रामेछाप । जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति गाउँपालिका प्रथम भएको छ । केही दिन अघी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार सुनापती गाउँपालिका ७७.५ अङ्क सहित प्रथम भएको हो ।कार्यपालिका तथा कर्मचारीको भरपुर साथका कारण स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति प्रथम भएको पालिका अध्यक्ष ठुलो कान्छा तामाङ बताउँछन् । उनी भन्छन् – यो…
Read More »एघार घण्टाभन्दा बढी विद्यालय खोलेर नमूना बनाइँदै जीवनज्योति
स्याङ्जा । शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ । स्याङ्जाको विरुवा गाउँपालिका ७ कुसुमभञ्ज्याङमा रहेको जीवनज्योति माविले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई झण्डै १२ घण्टा विद्यालय हाताभित्रै शिक्षकको निगरानीमा राखेर सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको हो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने मुख्य उद्देश्यसहित विद्यार्थीलाई…
Read More »पुस्तक दिवसका अबसरमा पुस्तक हस्तान्तरण
मन्थली । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ जिल्ला शाखा रामेछापले ११ औं राष्ट्रिय पुस्तक दिवस, सरस्वती पूजा (श्री पञ्चमी) को अबसर पारेर आज (बुधवार) जिल्ला प्रहरी कार्यालय रामेछापमा विभिन्न खालका पुस्तकहरु हस्तान्तरण गरेको छ । महासंघले जिल्लामा रहेका मिलिजुली पुस्तक तथा स्टेसनरी पसल,जेएन पुस्तक पसल, सहयात्री इन्टरप्राइजेज, घिमिरे पाठ्यपुस्तक तथा शैक्षिक सामाग्री केन्द्र, दिक्षित स्टेसनरी लगाएतका पसलहरुवाट पुस्तकहरु संकलन…
Read More »नेपाल–न्युजिल्याण्ड द्विपक्षीय बैठक
काठमाडौँ । नेपाल र न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र न्युजिल्याण्डका उपप्रधान एवं परराष्ट्र तथा उद्योगमन्त्री विन्स्टन पिटर्ससँग आज वेलिङ्टनमा पारस्परिक हित र चासोका विषयमा छलफल भएको हो । बैठकमा दुवै पक्षले दुई देशबीच विद्यमान सुमधुर सम्बन्धप्रति सन्तुष्टि जनाउँदै आपसी हितका विभिन्न क्षेत्रमा सहयोग बढाउनेबारेमा छलफल गरेका यानबेरास्थित नेपालको राजदूतावासले जनाएको छ । आजै मन्त्री…
Read More »विधानमाथि सामूहिक छलफल जारी, अपराह्न २ बजेनिष्कर्ष पेस गरिने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक–एक वटा समूह छलफलमा केन्द्रित रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। मुख्यसचिव…
Read More »राष्ट्रपति पौडेलबाट वसन्तश्रवण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गर्नुभएको छ । त्यस अवसरमा उहाँले सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गर्नुभयो । वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपप्रमधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।
Read More »महामञ्जुश्री मन्दिरमा बिहानैदेखि घुइँचो
भक्तपुर । आज माघ शुक्ल पञ्चमी चाँगुनारायण नगरपालिका–८ थाकलमोठस्थित महामञ्जुश्री सरस्वती मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्न आज बिहानैदेखि भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक क्षेत्रका दर्शनार्थीको बिहान ४ बजेदेखि नै घुइँचो लागेको वडा नं ८ का वडाध्यक्ष जनक खत्रीले जानकारी दिए । महामञ्जुश्री सरस्वती आफैँ उत्पत्ति भएको मान्यताअनुसार यहाँ हरेक वर्ष श्रीपञ्चमीका दिन भीड…
Read More »