पुस्तक दिवसका अबसरमा पुस्तक हस्तान्तरण

मन्थली । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ जिल्ला शाखा रामेछापले ११ औं राष्ट्रिय पुस्तक दिवस, सरस्वती पूजा (श्री पञ्चमी) को अबसर पारेर आज (बुधवार) जिल्ला प्रहरी कार्यालय रामेछापमा विभिन्न खालका पुस्तकहरु हस्तान्तरण गरेको छ ।
महासंघले जिल्लामा रहेका मिलिजुली पुस्तक तथा स्टेसनरी पसल,जेएन पुस्तक पसल, सहयात्री इन्टरप्राइजेज, घिमिरे पाठ्यपुस्तक तथा शैक्षिक सामाग्री केन्द्र, दिक्षित स्टेसनरी लगाएतका पसलहरुवाट पुस्तकहरु संकलन गरी करिव ३५ हजार मुल्य वरावरको पुस्तकहरु आज एक कार्यक्रमका विच निःशुल्क रुपमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रन्जन गिरी लाई महासंघका जिल्ला अध्यक्ष सुजन घिमिरेले हस्तान्तरण गरेका छन ।
पुस्तक ग्रहण गर्दै प्रहरी निरिक्षक गिरीले यसरी प्राप्त भएका पुस्तकहरुलाई आफ्नो कार्यलयमा भएको पुस्तकालयमा राखि अनुसन्धानका क्रममा हिरासतमा रहेका थुनुवाहरुलाई पढ्न उपलब्ध गराउने बताए ।
उनले पुस्तक उपलब्ध गराउने नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ जिल्ला शाखा रामेछापलाई लाई धन्यवाद ब्यक्त गरेका छन ।