मनाइयो वसन्त पञ्चमी

रामेछाप । हिउँद महिनाको आरम्भ सँगै वसन्त क्रतुको प्रवेश हुने दिन भएका कारण आजको दीनमा धरै खालका शुभ कार्यहरूको पनि थालनी गर्ने चलन रहेको छ । जस अन्तर्गत आजकै दिन घर तथा विद्यालयहरूमा सरस्वती पूजा गरी आफ्ना भर्खरका बाल बच्चाहरूलाई अक्षर आरम्भ गराउने,बालबालिकाको कान छेड्ने,गाउँघर तीर आजकै दीन पारेर कृषकहरूले बहर दाउने र अन्य थुप्रै शुभ कार्य गर्ने चलन पनि रहेको छ । जस अन्तर्गत जिल्लामा विविध कार्यक्रमका साथ वसन्त पञ्चमी मनाइएको छ ।
यो पर्व जिल्लाका सबै जसो विद्यालय हरुले सरस्वतीको पूजा अर्चना गरी र नयाँ वाल बालिकाहरूलाई पनि भर्ना गराएर अक्षरारम्भ गराए । मन्थली आसपासमा रहेका मन्थली मावि, नागकन्या मावि, कर्कलादेवी इङ्लिस बोर्डिङ, तामाकोशी बोर्डिङ लगायत जिल्लाका सबै विद्यालयले वसन्त पञ्चमी मनाए । रामेछाप नगरको जनता मावि कोलन्जोरले वसन्त पञ्चमी सँगै ६३ औँ स्थापना दिवस समेत मनाएको छ ।
मन्थलीको लिट्टिल स्टार स्कुलले पनि विद्यालय परिसरमा विभिन्न कार्यक्रमका साथ आफ्नो वार्षिक उत्सव सँगै नाच गान र मनोरञ्जनका साथ वसन्त पञ्चमी भब्यताका साथ मनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button