समाचार
जलाउँदै गरेको शव एक्कासि बगाएर लग्यो
रामेछाप । नदि किनारमा जलाउँदै गरेको शव एक्कासि बगाएर लग्यो । हामीले त पानीले नबगाउने गरी चिता बनाएका थियौँ । जलाउँदै गरेको लास आफन्तले अन्तिम संस्कार गर्न नपाउँदै बगायो । एक्कासि नदीमा ठुलो भेल आयपछि मलामीहरूले भागेर ज्यान जोगाए । नभागेको भए त मलामी गएकाहरूलाई पनि लास सँगै बनाउने रहेछ । ओखलढुङाको साबिक गाम्नाङटार गाविस अध्यक्ष कृष्ण भट्टराईले दुखित हुँदै…
Read More »विधि विपरित महासमिति सदस्य चयन गरिएको भन्दै सानेपामा उजुरी
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ मा महासमिति सदस्य छनाैटकाे विषय विवादित बनेकाे छ । विधि विपरित महासमिति सदस्य चयन गरिएको भन्दै केन्द्रीय कार्यालय सानेपामा उजुरी परेकाे छ । आधा दर्जन महाधिवेशन प्रतिनिधिले महासमातिका लागि पुननिर्वाचनकाे माग गरेका छन् । १४ ओै महाधिवेशनका प्रतिनिधिसँग सल्लाह नै नगरि , बैठक नबाेलाई केन्द्रीय सदस्य रूपा विक काे उपस्थितिमा क्षेत्रीय सभापति…
Read More »ज्यान जोखिममा राखेर उज्यालो भविष्य खोज्दै ठिंन्केपुका बालबालिका
रामेछाप । ठुलो पहिरोको माथि माथि हेर्दै हेर्दै डराई डराई पहिरो पार गर्छिन् रिया सुनुवार । विद्यालयमा पढ्न आउँदा र फर्किदा पहिरोबाट ढुङ्गा खस्छकी भन्ने डर छ रियालाई । ज्यान जोखिममा पारेर भएपनि शिक्षा लिन विद्यालय पुग्छिन् रिया । रिया ठिंन्केपु आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्छिन् ।पहिरोका कारण स्थानीय ठिंन्केपु आधारभूत विद्यालयमा पढ्न आउने बालबालिकालाई ठुलो असर परेको छ…
Read More »मौरीले फस्टाएको श्रीकृष्णको जीवन
रामेछाप । घर वरिपरि फलफूलका बगैँचा, फूलबारी । फूलबारीमा मौरी भुनभुनाई रहन्छ । माहुरीको भुनभुनको आवाज सँगै बगैँचाको सौन्दर्यताले मनै लोभ्याउँछ । त्यहाँ पुग्दा आफू कुनै छुट्टै सौन्दर्य टापुमा पुगेको भान हुन्छ ।यो ठाउँको रामेछापको सुनापति गाउँपालिका वडा नं. ५ आहाल डाँडा । आहाल डाँडामा श्रीकृष्ण श्रेष्ठले मौरी पालन व्यवसाय सञ्चालन गरेका छन् । मौरीपालनबाट कृषक श्रेष्ठले राम्रो आम्दानी गर्दै…
Read More »संयुक्त राष्ट्रसंघका महासचिवको सम्मानमा रात्रिभोज
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका छन् । रात्रिभोजमा नेपाल सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो । प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा महासचिव गुटरेस चारदिने भ्रमणका क्रममा शनिबार राति काठमाडौँ आइपुगेका हुन् । आइतबार उनले प्रधानमन्त्री दाहाल, राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे,…
Read More »जाजरकोटमा १३१ जना कर्मचारी छड्केमा
सुर्खेत। जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका १३१ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ। प्रशासनले आइतवार गरेको अनुगमनका क्रममा १० कार्यालयका कार्यालय प्रमुखसहित आधाभन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार अनुगमन गरिएका १३ कार्यालयमध्ये ३ वटा कार्यालय प्रमुख मात्र कार्यालयमा उपस्थित रहेका थिए। स्वास्थ्य सेवा कार्यालयका निमित्त…
Read More »कोशीमा सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने
झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । सहमतीय सरकार सञ्चालनको प्रयास गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनले बताए। झापाको विर्तामोडमा अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सहमतीय मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट गरे । सबै राजनीतिक दललाई मिलाएर कोशी प्रदेशको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्रीले…
Read More »माओवादी केन्द्रले जनतासँग विशेष रूपान्तरण अभियानको म्याद थप्यो
काठमाडौँ । माओवादी केन्द्रले जनतासँग विशेष रूपान्तरण अभियानको म्याद थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको अनौपचारिक पदाधिकारी बैठकले म्याद थप गर्ने निर्णय गरेको हो । बैठकले अहिलेसम्म भएका कामको समीक्षा गर्दै अभियानको क्रममा दसैँ, तिहार जस्ता ठुलो चाडपर्वले अवरोध पुर्याएकाले एक महिना समय थप गरेको सचिव गणेश साहले जानकारी दिए । ‘अभियान अन्तर्गत अहिलेसम्म भएका कामको…
Read More »दसैँ आयो, खर्च छैन, बचत गरेको पैसा स्वावलम्बनले फिर्ता दिँदैन
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ की सुनिता तामाङले आजभन्दा १२÷१३ वर्ष अघि स्वावलम्बन लघुवित्तमा बचत गर्न सुरु गरिन् । गाउँमै बैँक आयो भन्दै त्यसबेला उक्त लघुवित्तका केही कर्मचारी समूह बनाउन गाउँ पसे । गाउँमै आएको स्वावलम्बन बैँक भन्दै लघुवित्तका कर्मचारीले धेरैलाई सदस्य बनाए । समुहपनि गठन गरे । त्यो समयदेखि हरेक महिना ३ सयदेखि एक हजारसम्म बचत…
Read More »ट्रयाक खोलिएको २६ वर्ष पछि कालोपत्रे
रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका अन्तर्गतको हलेदे–धोबी, सिरिसे–ढाडे सडक कालोपत्रेको काम सुरु भएको छ । सडक ट्र्याक खोलिएको २५ बढी भन्दा बढी भए पनि सडक विस्तार तथा कालोपत्रे हुन सकेको थिएन ।भत्किएर भद्रगोल अवस्थामा रहेको यो सडकमा दैनिक हजारौँ यात्रुको आवत–जावत हुने गरेको लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङका वडा अध्यक्ष कैलाश दर्लामी बताउँछन् । उनी भन्छन् – तिल्पुङ हलेदे–धोबी, सिरिसे–ढाडे सडकमा कालोपत्रेको…
Read More »