समाचार

  • मन्थली बचतले सक्यो २८ औ साधारण सभा


    रामेछाप । जिल्लाको पुरानो सहकारी मन्थली बचत तथा ऋण सहकारी संस्थाले २८ औ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन,सचिव हिमाल ढुङ्गेलद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।समाजसेवी स्वर्गीय जगदीश घिमिरेको अगुवाइमा ११ जना संस्थापकहरूबाट आरम्भ भएको उक्त सहकारीले २८ वर्षमा…

    Read More »
  • सुरेश उदास बने नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्ष


    रामेछाप । नेकपा नेकपा (एमाले) को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित भएका छन् । तेस्रो साधारण सभा दोस्रो जिल्ला अधिवेशनबाट उदासको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा गठन भएको छ ।दोस्रो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा रुद्र श्रेष्ठ र निरा तामाङ, सचिवमा जय मानन्धर, उपसचिवमा विष्णुराज कडरिया र लक्ष्मी ढुंगेल, कोषाध्यक्षमा सरोज लामा र सह…

    Read More »
  • सन्तोष तामाङको वडामा सबैको स्वास्थ्य बिमा


    रामेछाप । रामेछाप नगरपालिका–८ ले ‘स्वस्थ वडा, सुखी नागरिक’ को लक्ष्यलाई साकार पार्दै सबै नागरिकलाई स्वास्थ्य बिमाको दायरामा समेटेर उल्लेखनीय उपलब्धि हासिल गरेको छ। वडाअध्यक्ष सन्तोष कुमार तामाङको नेतृत्वमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य बिमा कार्यक्रमले स्थानीय स्तरमै सामाजिक सुरक्षा सुदृढीकरणको सशक्त उदाहरण पेश गरेको छ।२०७९ सालको स्थानीय निर्वाचनमा नागरिकसँग गरेको वाचा अनुसार वडाका सबै नागरिकलाई निशुल्क स्वास्थ्य बिमा गर्ने प्रतिज्ञा…

    Read More »
  • काटेको धान भिजेपछि चिन्तामा किसान


    रामेछाप । “धान काटेर भित्र्याउने बेला आयो, तर पानीले सारा आशा बगायो,” मन्थली नगरपालिका–७ का किसान गोरे माझी भिजेको धानतिर हेरिरहेका थिए, उनका आँखामा निराशाको छायाँ थियो । खेतमा काटेर राखेको धान भिजेपछि उनी जस्तै गाउँभरका किसानको मन पनि भिजेको छ । तिहार सकिएलगत्तै सुख्खा मौसमको आसमा धान काट्ने हिम्मत गरेका उनीहरूलाई बुधवारदेखि परेको अविरल वर्षाले निराश बनाएको छ ।बिहान–बेलुकी…

    Read More »
  • शुक्रवार मात्रै रामेछाप–काठमाडौँ उडान


    रामेछाप । रामेछाप–काठमाडौँ–रामेछाप हप्ताको प्रत्येक शुक्रबार मात्रै हवाई उडान हुने भएको छ । रामेछाप विमानस्थलबाट यसअघि हप्ताको तीन दिनसम्म हवाई सेवा दिइँदै आएको भए पनि अहिले चाडपर्व सकिएको र सडक यात्रा सहज बन्दै गएपछि यात्रुको चाप घटेको कारण हप्तामा एक दिन मात्रै उडान सञ्चालन गर्ने सहमति भएको शान्ति दीप युवा क्लबका अध्यक्ष सुरेश उदासले बताए ।उदासको संयोजकत्वमा बिहीबार नागरिक उड्डयन…

    Read More »
  • गाउँपालिकाअध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लबको पोल्टोमा


    रामेछाप– जिल्लाको सुनापति गाउँपालिका चौथो गाउँपालिकाअध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लबको पोल्टोमा परेको छ । बुधवार (हिजो) भएको फाइनले खेलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गर्दै गाउँपालिका चौथो अध्यक्ष कपको उपाधि जितेको हो । विजेता टिम मुगिखोला युवा क्लबले १ लाख ५० हजार नगत ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजता…

    Read More »
  • चैनपुरमा कार दुर्घटना हुँदा बुबाको मृत्यु, आमा–छोरा घाइते 


    सिन्धुली । जिल्लाको सुनकोसी गाउँपालिका–६ चैनपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । विराटनगरबाट काठमाडौ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई विपी राजमार्गस्थित सडकबाट करिब ५० मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार दुर्घटनामा मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको छ । उनकी…

    Read More »
  • चरिकोटबाट काँकरभिट्टा जादै गरेको रात्रिबस झापाको माईधार चोकमा दुर्घटना, १९ जना घाइते


    झापा । रामेछापको मन्थलीबाट काँकरभिट्टा जादै गरेको रात्रिबस झापामा दुर्घटना भएको छ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज(मंगलबार) बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका…

    Read More »
  • गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनल


    रामेछाप – गत आइतबार देखि संचालन भएको सुनापती गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका आइतबार र सोमबार सबै खेलहरू सम्पन्न भएका छन् । आइतबार भएको एक खेलमा आयोजक टिमले (सुनापति गाउँपालिका खेलकुद विकास समिति) आरवि सप्लायर्स कामालाई हराएको थियो । त्यस्तै सोमबार भएको दोस्रो खेलमा सुर्योदय समाज सेवाले समाज कल्याण मगर समाजलाई सोझो सेटमा पराजित गरेको छ…

    Read More »
  • छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै


    काठमाडौँ, १० कात्तिक : कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक…

    Read More »
Back to top button