समाचार

  • खुर्कोटमा भेटियो बस दुर्घटनामा बेपत्ता ९ वर्षीय बालकको शव


    रामेछाप — बस दुर्घटनामा बेपत्ता रहेका मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङको शव सुनकोसी नदी किनारस्थित खुर्कोट पक्की पुल नजिक फेला परेको छ। प्रहरीले खोजी कार्यका क्रममा शव भेटिएको जनाएको छ। खुर्कोट प्रहरीको क्षेत्र पर्ने भएकाले मुजुल्का प्रक्रियाका लागि परिवारलाई खुर्कोट पठाइएको र पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ। गत मंगलबार काठमाडौँबाट मन्थली हुँदै ओखलढुंगाको पोकलीतर्फ…

    Read More »
  • रामेछापमा पुर्व अरनिको बस सेवा स्थगित, सामाजिक संजालमा चर्को आलोचना


    रामेछाप — पुर्व अरनिको यातायात सेवा प्रा.लि. ले काठमाडौं–खुर्कोट हुँदै रामेछापको मन्थली सञ्चालन हुँदै आएका आफ्ना सम्पूर्ण ‘क्यू’ बस सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।कम्पनीले शुक्रबार सूचना जारी गर्दै मन्थली नगरपालिका–६ त्रिवेणि क्षेत्रमा देखिएको सुरक्षा जोखिम र हालै भएको बस दुर्घटनालाई आधार बनाउँदै सेवा रोकेको जनाएको हो। सूचनामा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै काठमाडौंबाट उक्त रुटमा सञ्चालन हुने ‘क्यू’ बसहरू अनिश्चितकालका…

    Read More »
  • लिखुतामाकोशीको धोबी डाँडामा गुम्बा निर्माण सुरु, धार्मिक पर्यटन प्रवर्द्धनको अपेक्षा


    रामेछाप — लिखुतामाकोशी गाउँपालिकाको केन्द्र धोबी डाँडामा गाउँपालिकाकै लगानीमा सुविधा सम्पन्न गुम्बा निर्माण सुरु भएको छ। बौद्ध धर्मावलम्बीको उल्लेख्य बसोबास रहेको यस क्षेत्रमा आवश्यक पूर्वाधार अभावबीच गुम्बा निर्माण अघि बढाइएपछि स्थानीयले स्वागत गरेका छन्।२ करोड ५५ लाख ७३ हजार ६ सय ७० रुपैयाँ लागत अनुमान गरिएको भवनको बिहीबार लामा गुरुले भूमिपूजा गरेपछि गाउँपालिकाका अध्यक्षले शिलान्यास गर्दै निर्माण कार्य थालिएको हो।…

    Read More »
  • कार्यसम्पादनमा सोलुदुधकुण्ड उत्कृष्ट, कोशी प्रदेशमै पहिलो


    रामेछाप — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशकै उत्कृष्ट स्थानीय तह घोषणा भएको छ। आयोगको मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गरेपछि नगरपालिकाले त्यसलाई सुशासन र प्रभावकारी सेवा प्रवाहको प्रतिफलका रूपमा व्याख्या गरेको छ। नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा विगतदेखि नै कार्यसम्पादन सूचकहरूमा सुधार गर्दै आएको र पारदर्शिता, उत्तरदायित्व तथा गुणस्तरीय विकास…

    Read More »
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीको न्यूनतम सेवा मापदण्ड ७० प्रतिशत प्रगति हासिल


    रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली, रामेछापले न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard–MSS) कार्यान्वयनको पहिलो वर्षमै ७० प्रतिशत प्रगति हासिल गरेको छ। स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेश, हेटौंडाबाट खटिएको अनुगमन टोलीले बुधबार र बिहीबार गरेको मूल्याङ्कनका आधारमा चिकित्सालयले उक्त उपलब्धि प्राप्त गरेको हो। मूल्याङ्कन टोलीमा स्रोत व्यक्ति भेषजविज्ञ डा. कोपिला अधिकारी, निर्देशनालयका मेडिकल अधिकृत डा. माधव पौडेल, एमएसएस फोकल पर्सन सुशील…

    Read More »
  • ओखलढुङ्गामा बढ्दै कुमार लुइटेलको पक्षमा माहोल


    ओखलढुङ्गा । ओखलढुङ्गाका नेपाली कांग्रेसका सबै तहका नेताहरू पार्टीका उम्मेदवार कुमार लुइटेललाई जिताउ एकताको सन्देशसहित मतदाता माझ पुगेका छन् । विशेष महाधिवेशनका सन्दर्भमा देखिएका कतिपय असन्तुष्टिलाई मिलाएर पार्टीको जितका लागि सबै नेताहरू एकाकार भएका हुन् । कांग्रेसका उम्मेदवार कुमार लुइटेल सहितको टोली यतिबेला गाउँ केन्द्रित छ । जिल्ला सभापति तेजेन्द्र खनालको संयोजकत्वमा रहेको निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारका पक्षमा माहोल…

    Read More »
  • कार्यसम्पादन मूल्याङ्कनमा मन्थली नगरपलिका जिल्लाकै अब्बल


    रामेछाप । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा रामेछापको मन्थली नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तहका रूपमा उभिएको छ। ७५ .०८ अंक प्राप्त गर्दै मन्थली नगरपालिका पहिलो भएको हो। आयोगले वित्तीय अनुशासन, बजेट कार्यान्वयनको समयबद्धता, राजस्व परिचालन, बेरुजु फछ्र्यौट, सेवा प्रवाहको प्रभावकारिता तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधारलगायत सूचकका आधारमा मूल्याङ्कन गरेको जनाएको छ। ती सूचकमा मन्थलीले सन्तोषजनक प्रदर्शन…

    Read More »
  • रामेछाप अस्पताल उत्कृष्टतर्फ उकालो : एमएसएसमा ९३ अंकसहित बागमती प्रदेशका अस्पतालमध्ये अग्रस्थानमा


    रामेछाप । रामेछाप अस्पतालले सेवाग्राहीको विश्वास जित्दै स्वास्थ्य सेवा सुधारतर्फ उल्लेखनीय फड्को मारेको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले २०८२ माघ २७, २८ र २९ गते गरेको मूल्याङ्कनअनुसार अस्पतालले न्यूनतम सेवा मापदण्ड (Minimum Service Standard–MSS) कार्यान्वयनमा १ सय पूर्णाङ्कमध्ये ९३ अंक प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेको हो। बागमती प्रदेशअन्तर्गतका दश जिल्लामा रहेका प्रदेश अस्पतालहरूमध्ये रामेछाप अस्पतालले उच्च अंकसहित उत्कृष्ट अस्पतालको…

    Read More »
  • कांग्रेसको चुनावी नीतिः ‘फागुन २१ का लागि मेरो २१ दिन´ अभियान शुरू गर्दै


    काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै `फागुन २१ का लागि मेरो २१ दिन´ कार्यक्रम शुरू गर्ने भएको छ। आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि कांग्रेसले `नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ को बुँदा नं २१ मा यो…

    Read More »
  • रामेछाप बस दुर्घटना प्रकरण: चालकलाई कडा कारबाही, पीडितलाई क्षतिपूर्ति र खोजीकार्य तीव्र पार्ने निर्णय


    रामेछाप — मन्थली नगरपालिका–६ त्रिवेणी मन्दिर नजिक तामाकोशी नदीमा यात्रुवाहक बस खस्दा भएको दुःखद दुर्घटनापछि जिल्ला सुरक्षा समितिले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, बेपत्ता यात्रुको खोजी तीव्र पार्ने तथा दोषीमाथि कडा कारबाही अगाडि बढाउने निर्णय गरेको छ। मिति २०८२\१०\२८ गते बसेको जिल्ला सुरक्षा समिति, नेपाल अरनिको यातायात सेवा प्रालि, राजनीतिक दल, जनप्रतिनिधि तथा जिल्लावासी सरोकारवालाको संयुक्त बैठकले दुर्घटनापछि उत्पन्न परिस्थितिलाई…

    Read More »
Back to top button