अन्य
रामेछाप त्रिवेणी बस दुर्घटना अपडेट : ३ जना बेपत्ता भएको आधिकारिक जानकारी
रामेछाप — काठमाडौँबाट मन्थली हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार रामेछापको मन्थली नगरपालिका–६ स्थित त्रिवेणी मन्दिर नजिकै सडकबाट करिब ६० मिटर तल तामाकोशी नदीमा खस्दा ठूलो मानवीय क्षति भएको थियो। दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए। दुर्घटनापछि ३ जना बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा आफन्तहरूले…
Read More »कांग्रेसले निर्वाचनका लागि खटायो सातै प्रदेशमा प्रतिनिधि
काठमाडौँ । दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेकोे ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेताहरूलाई खटाएको हो ।कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले तोकेका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेश भित्रका…
Read More »चार दल, चार उम्मेदवार
रामेछाप । लामो आन्तरिक छलफल र तीव्र राजनीतिक चर्चापछि नेपाली काँग्रेसले रामेछापमा पूर्व जिल्ला पार्टी सभापति रामचन्द्र खड्कालाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा काँग्रेसको निर्णयसँगै चुनावी समीकरण स्पष्ट बन्दै गएको छ र प्रतिस्पर्धा थप कडा तथा रोचक हुने देखिएको छ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्व गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ (कुशल) लाई प्रतिनिधिसभा सदस्यका…
Read More »खाँडादेवी रनिङ शिल्ड – भिमेस्वरको दबदबा, प्रयागेश्वर नजिकैको प्रतिस्पर्धी
रामेछाप । खाँडादेवी गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भिमेस्वर माध्यमिक विद्यालयले पदक तालिकामा अग्रता कायम गरेको छ। आइतबारसम्म सम्पन्न खेलहरूमा भिमेस्वर माविले ८ स्वर्ण, ३ रजत र ४ कास्यसहित कुल १५ पदक जित्दै सबै विद्यालयलाई पछि पारेको हो।कुल ३० स्वर्ण पदकका लागि भइरहेको प्रतिस्पर्धामा प्रयागेश्वर माध्यमिक विद्यालय भने भिमेस्वरलाई कडा चुनौती दिइरहेको छ। प्रयागेश्वरले ६ स्वर्ण, ६ रजत…
Read More »गोकुलगंगाका कागजात डिजिटल सुरक्षित हुँदै
रामेछाप । वि.सं. २०७४ सालदेखि २०८१ असार मसान्तसम्म गोकुलगङ्गा गाउँपालिकामा सिर्जना भएका सम्पूर्ण सरकारी कागजात अब डिजिटल रूपमा सुरक्षित हुने भएका छन्। जेन्जी आन्दोलनका क्रममा अन्यत्रका गाउँपालिकासहित विभिन्न कार्यालयका कागजात जलेर नष्ट भएपछि गोकुलगङ्गा गाउँपालिकाले कागजपत्र डिजिटलाइजेसनको काम सुरु गरेको हो। राष्ट्रिय सूचना प्रविधि केन्द्रको समन्वयमा अघि बढाइएको यो अभियान दुई महिनाभित्रै सम्पन्न हुने लक्ष्य पालिकाको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत…
Read More »रामेछापका गेल्जे लामा (शेर्पा) नेपाली काँग्रेसको समानुपातिक सूचीमा
रामेछाप — रामेछापका गेल्जे लामा (शेर्पा) आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेसको समानुपातिक तर्फको बन्द सूचीमा समावेश हुनुभएको छ। नेपाली काँग्रेस केन्द्रीय समितिले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा रामेछापबाट शेर्पा जनजाति क्लष्टरअन्तर्गत लामा शेर्पाको नाम समावेश गरिएको हो। रामेछाप जिल्लाबाट काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहनु भएका लामा शेर्पा हाल नेपाल आदिवासी जनजाति महासंघको १०औँ महाधिवेशनबाट…
Read More »लिखुतामाकोशी चौथो राष्ट्रपति रनिङ शिल्ड : झट्टेश्वर मावी धोबीले उचाल्यो
रामेछाप — लिखु तामाकोशी गाउँपालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा झट्टेश्वर माध्यमिक विद्यालय, धोबीले उचालेको छ । विद्यालयले विभिन्न ६६ विधामा उत्कृष्ट प्रदर्शन गर्दै २९ स्वर्ण, २० रजत र २० कास्य गरी जम्मा ६९ पदक हात पारेको हो। उत्कृष्टताका आधारमा झट्टेश्वर माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ३० हजार प्राप्त गर्यो ।प्रतियोगितामा १५ स्वर्ण, १५ रजत तथा १४…
Read More »कालिका माविले उचाल्यो छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि
रामेछाप । दोरम्बा–शैलुङ गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्डको कालिका माध्यमिक विद्यालय, वडा नं. ६ ले उचालेको छ । प्रतियोगिताभरि अनुशासन र खेलप्रति समर्पण प्रस्तुत गरेको कालिका माविले यसपालिको रनिङ शिल्डलाई मात्र होइन, गाउँपालिकाभित्रको खेलकुद क्षमतालाई पनि नयाँ स्तरमा पु¥याएको छ।कालिका माविले १३ स्वर्ण, ८ रजत र १२ कास्य पदक जितेर विजेताको स्थान ओगट्यो। विद्यार्थीहरूको तयारी, प्रतिबद्धता र सामूहिक भावनाले विद्यालयलाई…
Read More »संसद् पुनस्थापना माग गर्दै एमालेले जनप्रदर्शन गर्ने
रामेछाप । संसद् पुनस्थापना, शान्ति–सुरक्षा र सुशासनका मागसहित नेकपा एमाले रामेछापले आज मन्थलीमा वृहत् जनप्रदर्शन र जनसभा आयोजना गर्ने भएको छ। पार्टीले शुक्रबार बिहान मन्थलीस्थित कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत कार्यक्रमका सबै तयारी पूरा भएको जनाएको छ।एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाका अनुसार जिल्लाका आठवटै स्थानीय तह, ६४ वडा कमिटी र विभिन्न जनसंगठनमार्फत करिब २ हजारभन्दा बढी कार्यकर्ता प्रदर्शनमा सहभागी हुनेछन्।…
Read More »सुनापति गाउँपालिका अध्यक्ष कपमा आयोजक र मुगिखोला युवा क्लब मन्थली फाइनलमा पुगे
रामेछाप- जिल्लाको सुनापति गाउँपालिमा आयोजित चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समिति र मुगिखोला युवा क्लब मन्थली फाइनलमा पुगेका छन् । मंगलबार भएको सेमी फाइनलको खेलमा जित नजिक दुई टिम फाइनलमा पुगेका छन् । सेमी फाइनल अन्तरगतको पहिलो खेलमा मुगीखोला युवा क्लबले बेथान युवा समाजलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । मुगिखोला…
Read More »