अन्य

  • छैन व्यवस्थित वधशाला, अस्वस्थ कर मासु खान बाध्य उपभोक्ता, ब्यवसायीहरुलाई सबै कुरा हामी दिन सक्दैनौँ– मन्थली नगरपालिका


    रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा पशु वध गर्ने व्यवस्थित वधशाला नहुँदा उपभोक्ताहरू अस्वस्थ कर मासु उपभोग गर्न बाध्य छन् ।मन्थलीमा झन्डै २० वटाको हाराहारीमा मासु पसलहरू छन् । बिषेशगरी राँगा, सुगुंर, बङ्गुरहरूको वध गर्ने ठाउँ व्यवस्थित नहुँदा पसलहरूमा अस्वस्थ कर मासु बिक्री हुने गरेका छन् ।तामाकोसी नदी किनारमा पशु वध गर्ने गरिएको छ । त्यहाँ वध गर्दा मासुमा बालुवा टाँसिएर…

    Read More »
  • जेष्ठ नागरिक संघको छैटौं साधारण सभा एबं दोस्रो जिल्ला अधिबेशन सम्पन्न, पुनः नारायण दाश


    रामेछाप । जिल्ला जेष्ठ नागरिक संघ रामेछापको छैटौं साधारण सभा एबं दोस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न साधारसभाको उद्घाटन जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना कार्कीले गर्नु भएको थियो । कार्यक्रममा रामेछाप नगरपालिका उपप्रमुख बाला कुमारी कार्की मन्थली नगरपालिका प्रवक्ता गोपालदाश श्रेष्ठ, मन्थली न पा वडा नं. १ का वडा अध्यक्ष होम प्रसाद पौडेल लगाएतको उपस्थिति रहेको…

    Read More »
  • टार गाउँमा आगलागी बाट १४ घर, १२ गोठ जलेर नष्ट


    रामेछाप । रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा आज (बिहिबार) बस्ती नै रित्तिने गरी भिषण आगलागी भएको छ । आगलागी बाट १४ घर, १२ गोठ जलेर नष्ट भएका छन् । आगलागी बाट ६० वटा खसीबाख्रा, २ वटा भैंसी र १ गोरुको जलेर मरेका छन् र अन्य केही पशु चौपाय घाईते भएको सोही वडाका वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए…

    Read More »
  • खाँडादेवीमा माझी समुदायका कर्मचारी, शिक्षक र विद्यार्थीलाई बिदा


    रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिकाले माझी जातिको प्रमुख पर्व कोसी पूजा अर्थात् लदी पूजामा स्थानीय बिदा दिएको छ । स्थानीय संस्कृति र पहिचानको सम्मान गर्दै गाउँपालिकाले आज लदी पूजाको दिन माझी समुदायको कर्मचारी, शिक्षक, विद्यार्थी र विभिन्न सङ्घ संस्थामा कार्यरत सबैलाई स्थानीय बिदा दिएको गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । उनले भने –कोसी पूजा अर्थात् लदी पूजा माझी समुदायको प्रमुख पर्व…

    Read More »
  • राष्ट्रिय फोटो पत्रकार समूह दोलखाको अध्यक्षमा प्रलाद आचार्य चयन


    दोलखा । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल दोलखाको अध्यक्षमा प्रलाद आचार्य चयन भएका छन् । शुक्रवार चरिकोटमा भएको भेलाले आचार्यको अध्यक्षतामा जिल्ला शाखा विस्तार गरेको हो । जीवन लामाको संयोजकत्वमा भएको भेलाले उपाध्यक्षमा तारादेवी बस्नेत, सचिवमा गोविन्द थामी र कोषाध्यक्षमा सुजन थामी चयन गरेको प्रदेश सचिव कुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रकाश बस्नेत, अनिता लामा र हिरालाल विश्वकर्मा सदस्यमा…

    Read More »
  • जनप्रतिनिधि र राजनीतिक दलको चर्को असन्तुष्टि


    रामेछाप । जिल्लाको सरकारी कार्यालयहरूको काम र भएका प्रगति प्रति जनप्रतिनिधि र राजनीतिक दलले चर्को असन्तुष्टि जनाएका छन् । जिल्ला स्थित सरकारी कार्यालयहरूले स्थानीय तहसँग सहकार्य नगरी योजनाहरूको काम गरेको भन्दै पालिका अध्यक्षहरूले असन्तुष्टि व्यक्त गरे ।कार्यालयहरूले पालिका भित्र योजना संचालन गर्दा सम्बन्धित पालिकासँग समन्वय नगरी योजना कार्यान्वयन गरेको र आगामी दिनमा यस्तो भएमा पालिकाभित्र काम गर्न नदिने दोरम्बा शैलुङ्ग…

    Read More »
  • आदेश विरुद्ध नेविसंघ रामेछापले बुझायो प्रशासनलाई ज्ञापन पत्र


    १५ माघ, रामेछाप । नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष बिनोद बुढाथोकी सहित गएको टोलिले प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई ज्ञापन पत्र बुझाएको हो । नेविसंघले मुख्य प्रशासकीय क्षेत्रमा निषेधित क्षेत्र तोकेपछि संघले त्यसको विरोध जनाएको हो । संघले २४ घण्टा भित्र प्रशासनको उक्त आदेश फिर्ता नलिए निषेधाज्ञाको आदेश तोड्दै थप आन्दोलनका कार्यक्रम…

    Read More »
  • चीनको बोर्डर सम्म सुरुङ मार्ग बन्छ – कान्छाराम


    रामेछाप । रामेछापबाट चीनको बोर्डर सम्म सुरुङ मार्ग विस्तार गर्न सके रापेछापेली नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिने संघीय सांसद एंवम् नेपाल सरकारको अर्थ समिति सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले बताए ।रामेछाप उद्योग वाणिज्य संघले आयोजना गरेको ११ दिने बृहद रामेछाप महोत्सवको समापन कार्यक्रममा सांसद कान्छारामले भने – रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरेबाट जिरी नगरपालिका वडा नं. १…

    Read More »
  • तीन वर्ष भित्र सबै सडक कालोपत्रे हुन्छ–मुख्य मन्त्री


    रामेछाप । बागमती प्रदेशका सबै कच्ची सडकहरू ३ वर्ष भित्रमा कालोपत्रे हुने बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले बताए । बृहत् रामेछाप महोत्सव–२०८० को उद्घाटनका क्रममा उनले सो कुरा बताएका हुन् ।उनले भने– पालिकाका प्रमुखहरूले बागमती प्रदेश सरकारले आफ्नो पालिकामा बजेट विनियोजन गरेन भनेर निराश हुनु पर्दैन । अबका दिनमा ५० लाख भन्दा मुनिका योजनाहरू स्थानीय स्तरबाटै कार्यान्वयन गर्ने गरी…

    Read More »
  • ६ महिना भित्र डम्पिङ साइट टुङ्गो लाग्छ– प्रवक्ता श्रेष्ठ


    रामेछाप । मन्थली नगरपालिकाले आउँदो ६ महिना भित्र डम्पिङ साइट टुङ्गो लगाउने भएको छ । बिहीबार पत्रकार भेटघाट गर्दै नगरका प्रवक्ता गोपाल श्रेष्ठले मन्थली बजारको फोहोर तामाकोशी नदी किनारमा फाल्ने र त्यही नदीको पानी खानु परेकोले ६ महिना भित्र डम्पिङ साइटको टुङ्गो लगाउने बताएका हुन् ।बुधवार सम्पन्न १४ औँ नगर सभाले पारित गरेको वन ऐन सहित विभिन्न निर्णयहरू समेत प्रवक्ता…

    Read More »
Back to top button