विद्यार्थीले निर्धक्क प्रश्न गरे सरोकारवालाहरू सँग

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकामा बुधवार पनि विद्यार्थीसँग जनप्रतिनिधि र सुरक्षाकर्मी कार्यक्रम सञ्चालन गरिएको छ । दोस्रो दिन पालिकाको ५ नं. वडामा रहेको कमलादेवी माध्यमिक विद्यालय र ३ नं. वडामा रहेको गोकुलगंगा माध्यमिक विद्यालय उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।


कमलादेवी माध्यमिक विद्यालयमा विद्यार्थीको थुप्रै समस्या मध्य खानेपानी, फर्निचर, महिलाको बाथरुममा चुकुल, परिचयपत्र लगायतका समस्याहरू विद्यार्थीले राखेका थिए । ५ नं. वडा नामाडीका वडा अध्यक्ष दिपक कार्कीले केही दिनमै सबै समस्या सुल्झाउने प्रतिबद्धता गरे। हामीले सानो भन्दा सानो समस्याको जानकारी नलिएका रहेछौँ, विद्यार्थीको यस्ता समस्या थाहा पायौँ, म स्कुल प्रशासनलाई पनि सहजीकरण गर्न निर्देशन गर्छु– अध्यक्ष कार्कीले भने ।
गोकुलगंगा माध्यमिक विद्यालयमा पनि उस्तै उस्तै समस्या विद्यार्थीले राखेका थिए । विद्यालय नजिकै पालेको सुँगुरले समस्या भएको, सेनिटरी प्याड नपाएको लगायतका समस्या विद्यार्थीले राखेका थिए ।


विद्यार्थीले राखेको समस्यालाई सकेसम्म छिटो समाधान गर्ने ३ नं. वडाका वडाध्यक्ष नरविक्रम कार्कीले प्रतिबद्धता गरेका थिए । पालिकाकी उपाध्यक्ष उषा कार्कीले विद्यार्थीलाई चाहिने जति प्याड उपलब्ध गराएको र आउँदो दिनमा पनि गराउने बताइन्।
कमलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक डोरबहादुर खड्का र गोकुलगंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक छत्रबहादुर सुनुवारले विद्यार्थीसँग जनप्रतिनिधि र सुरक्षाकर्मी कार्यक्रम विद्यार्थी हितको लागि भएको भन्दै प्रशंसा गरेका थिए ।
दुवै कार्यक्रममा जिल्ला प्रहरी कार्यालयको तर्फबाट जबाफदेही वक्ताको रूपमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक दिनेश थापा उपस्थित थिए । कार्यक्रमको सहजीकरण सागर बोहराले गरेका थिए । कार्यक्रम गाउँपालिकाको सहयोगमा विनायक मल्टी स्किल बिजनेस प्रालिको आयोजना गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button