सेभेन ए साइड फुटबल खेलको उपाधि आकाशे ब्वाइज क्लबलाई

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ३ टोकरपुरमा जिल्ला स्तरीय सेभेन ए साइड फुटबल खेलको उपाधि आकाशे ब्वाइज क्लबले पाएको छ । खेलमा आकाशे ब्वाइज क्लब प्रथम , लिखु भुजि युथ क्लव भुजि द्वितिय, थानसिँ युवा क्लव खाँडादेवि र शैलुङ्गेश्वरी युवा क्लव ठ्याङ्ग्रेले सान्त्वना स्थान हासिल गरेको दोरम्बा शैलुङ स्पोर्ट क्लब अध्यक्ष रामचन्द्र थापाले जानकारी दिए ।
प्रथम आकाशे ब्वाईजले २ लाख, द्वितीयले १ लाख पचास हजार र सान्त्वना हुनेले ५० हजार नगद, मेडल, प्रमाण पत्र र ट्रफी पाए । साथै वेस्ट किपर , वेस्ट डिफेन्स र हाइस्कोरलाई नगद रु ५÷५ हजारको पुरस्कार रहेको आयोजकले जानकारी दिएको छ ।
खेल २०८० कार्तिक ८ गते देखि सुरु भएको थियो । खेलमा जिल्लाका ३० टिम सहभागी रहेका थिए । दोरम्बा शैलुङ गाउँपालिका वडा ३ खेलकुद विकास समिति र दोरम्बा शैलुङ स्पोर्ट क्लबको संयुत्त आयोजनामा भएको खेल कार्तिक १३ गते सम्पन्न भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button