योगेश भट्टराईको गाडी तोडफोड गर्नेलाई कडा कारबाही गर्न एमालेको माग

काठमाडौँ । नेकपा एमाले ताप्लेजुङले पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलगायत नेताहरुमाथि गरिएको ढुंगामुढाको निन्दा गर्दै कारबाहीको माग गरेको छ ।
आइतबार ताप्लेजुङमा आयोजित विभिन्न चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सकेर फर्कने क्रममा भट्टराई सवार मोटरमाथि पहिचानवादीहरूले गरेको आक्रमणले भर्त्सना गर्दै कारबाहीको माग गरेको हो ।
कार्यवाहक अध्यक्ष सन्तोष खड्काले जारी गरेको विज्ञप्तिमा आतङ्कित, अवाञ्छित र अमर्यादित क्रियाकलाप गर्ने अराजक समूहलाई तत्काल नियन्त्रण गरी कडा भन्दा कडा कानुनी कारबाही गरी जिल्लावासीमा शान्ति सुरक्षाको प्रत्याभूति गर्नको लागि नेपाल सरकार, स्थानीय प्रशासन समक्ष अविलम्ब कारबाहीको माग गरिएको छ ।
आइतबार दिउँसो भट्टराई सवार गाडीमाथि तोडफोड भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button