विद्यालय-विद्यालय पुगेर रामेछाप ट्राफिक सचेतना दिँदै

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आइतबार सदरमुकाम मन्थली स्थित कर्कला देवी ईङलिस बोर्डिङ स्कुल (केब्स) का १०० जना विद्यार्थीलाई २ घण्टा ट्राफिक नियम सम्बन्धी सचेतना दिएको छ ।

पैदल यात्रीहरूले बाटो काट्दाको अवस्था, यात्रुहरूले अपनाउनु पर्ने सावधानी, सवारी चालकले सवारी चलाउँदाको अवस्थाका विषयमा सचेतना गराइएको जिल्ला ट्राफिक प्रमुख दीपक चौलागाईले बताए । उनले भने – ट्राफिक प्रहरीले अव निरन्तर विद्यालय स्तरमा पुगेर सचेतना गराउने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button