विद्यालय र स्वास्थ्य केन्द्रमा वडाको इन्टरनेट

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाको वडा नं. २ ले वडा भित्रका सबै विद्यालय, स्वास्थ्य केन्द्र र स्वास्थ्य केन्द्रमा इन्टरनेट जडान गरेको छ ।शिक्षण तथा सिकाई सहजीकरणको दरिलो माध्यम इन्टरनेट भएको कारण सबै विद्यालयमा इन्टरनेटको पहुँच पु¥याउन आवश्यक भएकोले सबै विद्यालयमा इन्टरनेट जडान गरिएको वडा अध्यक्ष सुरेन्द्र कार्कीले बताए ।
कार्कीले भने – “अहिले इन्टरनेटको जमाना छ । इन्टरनेटको सही सदुपयोग गर्न सके यसबाट धेरै लाभ लिन सकिन्छ । विद्यालय सँगै स्वास्थ्य केन्द्रमा आएका बिरामीलाई पालो कुर्दा इन्टरनेटबाट केही ज्ञान लिन सहयोग पुगोस् भनेर त्यहाँ पनि इन्टरनेट जोडेका हौँ । यसबाट बिरामी तथा कर्मचारी दुवैले लाभ लिन सक्नेछन् ।
वडाका सबै विद्यालय, स्वास्थ्य केन्द्र र अध्ययन केन्द्रमा सिसिटिभी समेत जडान गरिने अध्यक्ष कार्की बताउँछन् । विद्यालय र स्वास्थ्य केन्द्रमा जोडिने सिसिटिभीबाट हामी वडामा बसेर नै अनुगमन गर्नेछौँ – उनले भने ।
मन्थली नगरपालिका वडा नं. २ मा ५ वटा विद्यालय, २ वटा स्वास्थ्य केन्द्र र १ अध्ययन केन्द्र छन् ।