सुनापती गाउँपालिकामा मंसिर २३ देखि पाँचौ सुनापती राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

२२ मंसिर, रामेछाप । जिल्लाको सुनापती गाउँपालिकामा शनिवार (भोली) देखि पाँचौ सुनापती राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । सुनापतीमा रनिङ शिल्ड प्रतियोगिता मंसिर २३ देखि २५ गते सम्म तीन दिनसम्म चल्ने छ ।
सुनापती गाउँपालिकाको सुनापती खेल मैदान हिलेदेवी ३ साँदि डाँडामा सञ्चालन हुने प्रतियोगितामा पालिकाभित्रका १० विद्यालयहरूले प्रतिस्पर्धामा भाग लिने सुनापती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदीप केसीले जानकारी दिए ।