उमाकुण्ड राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरीलाई

रामेछाप । उमाकुण्ड गाउँपालिका चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी मा. वि. प्रीतिले जितेको छ । गत आइतबार बाट सुरु भएको प्रतियोगितामा श्री चण्डेश्वरी मा. वि. प्रीतिले ५ स्वर्ण, ६ रजत, ६ कास्य पदक जितेर प्रथम भएको छ । श्री कैलेश्वर मा.वि. गुप्तेश्वरले ५ स्वर्ण, ५ रजत, ६ कास्य ल्याई द्वितीय र श्री सिद्धेश्वर मा. वि. बाम्तीले ५ स्वर्ण, ५ रजत, २ कास्यपदक जितेर तृतीय भए ।
कार्यक्रममा प्रमुख अतिथि उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले गाउँपालिकाको खेल क्षेत्रको विकासमा सधैँ लागि पर्ने साथै खेलाडीहरूलाई पढाई सँगै खेलमा पनि रुचि राख्न समेत आग्रह गरे ।
समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार विशेष, वडा अध्यक्षहरू ङावातिण्डु शेर्पा, भरतराज खड्का, कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापकहरू लगायतको उपस्थिति रहेको थियो ।
समापन समारोह उमाकुण्ड गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष सुदिप सुनुवारको अध्यक्षतामा भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button