सिडिएसले दियो १८ जनालाई बिल्डिङ्ग इलेक्टिसियन तालिम

रामेछाप । सामुदायिक विकास समाज मन्थलीको आयोजना, सीएन बीएमजेडको आर्थिक सहयोग, स्किल नेपालको प्राविधिक सहजीकरण एवं खाँडादेवी गाउँपालिकाको सहकार्यमा सीटीईभीटी अन्तर्गत तह–१ को ७२ दिने बिल्डिङ इलेक्टिसियन तालिम सम्पन्न भएको छ । गत असोज ४ गते देखि संचालन भएको उक्त तालिम खाँडादेवी गाउँपालिका, वडा नं. ८ भारती मा.वि. मेगर्पामा मंगलबार संपन्न भएको हो । समापन कार्यक्रममा रामेछापका निवर्तमानसमन्वय प्रमुख श्री प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यमा सामुदायिक विकास समाजको युवा उद्यमशिलता प्रवद्र्धन परियोजनाका परियोजना संयोजक श्री कृष्ण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । तालिम प्रमुख प्रशिक्षक सुरज नगरकोटी र सहायक प्रशिक्षक धनेश्वर चौधरीले तालिम संचालन गरेका हुन् । तालीममा ५ जना महिला र १४ जना पुरुष गरी १८ जनाको सहभागी रहेको थियो । तालिममा खाडादेवी गाउँपालिका वडा नं. ८ र ९ का युवाहरूको उपस्थित रहेका थियोे । सिप सिकेका युवाहरुलाई परियोजनाले व्यवसायीक योजनाअनुसारको व्यवसाय सन्चालनको लागि आवश्यक मेसिन, औजार सामाग्रीहरु सहयोग गर्ने फिल्ड संयोजक श्री सुकराम घिसिङ जानकारी दिए । कार्यक्रममा वडा सदस्य राम्जी भण्डारी, भारती मा.वि.का प्र.अ. देवराज तामाङ, स्किल नेपालको फिल्ड संयोजक श्री डम्बर थापा, सामुदायिक विकास समाजका फिल्ड संयोजक श्री सुकराम घिसिङ, सामाजिक परिचालक रोहित मोक्तान उद्यम विकास सहजकर्ता सम्झना बस्नेत को उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button