संविधानसभा सदस्य दालकुमारी सुनुवारको निधन

रामेछाप । संविधान सभा सदस्य दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको उमाकुण्ड ६ गुप्तेश्वर घर भएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सल्लाहकार समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य सुनुवारको शनिवार दिउँसो नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा मृत्यु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका जिल्ला अध्यक्ष भरत बाइबाले जानकारी दिए ।

लामो समय देखि थाइराईड क्यान्सर रोगका कारण भारतमा गएर उपचार गराई रहनु भएकी सुनुवारलाई केही समय देखि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा राखेर उपचार गराइँदै आएको थियो । उहाँको दिउँसो करिब ३ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको पनि बाइबाले जानकारी दिए ।

सुनुवारको पार्थिव शरीरलाई आइतबार १० बजे देखि अन्तिम श्रद्धान्जलिका लागि राप्रपाको केन्द्रीय कार्यालयमा राखिने र दिउँसो १२ बजे पशुपतिको आर्यघाटमा लगेर दाह संस्कार गर्ने कार्यक्रम तय भएको पनि बाइबाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button