मेलुङमा प्रश्नपत्र निर्माण सम्बन्धी कार्यशाला

दोलखा । जिल्लाको मेलुङ गाउँपालिकाले प्रश्नपत्र निर्माण सम्बन्धी २ दिने कार्यशाला सम्पन्न गरेको छ । मेलुङ गाउँपालिका शिक्षा शाखाको आयोजनामा त्रिभुवन मावि मेलुङमा सञ्चालन भएको कार्यक्रममा परीक्षा समिति, गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषयका विषयगत समितिका सदस्य तथा विद्यालयका  विषयगत शिक्षकहरू सो कार्यशालामा उपस्थित थिए । राष्ट्रिय परीक्षा वोर्डका सदस्य तथा काठमाडौँ महानगरपालिकाका स्रोत व्यक्ति सुशील खनाल, गणित विषयका विज्ञ त्रिभुवन माविका प्रधानाध्यापक सन्तोष श्रेष्ठ, अंग्रेजीमा शारदा श्रेष्ठ, विज्ञानमा  सुन्दर खडका, सामाजिकमा शेर बहादुर थापा तथा नेपालीमा  हरि केसीले सहजिकरण गरेका थिए ।

पौष ९ र १० मा सञ्चालन सञ्चालन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले प्रश्न पत्रले गर्ने मूल्याङ्कनले बालबालिकाको भविष्य र उसको सिकाइ लाई निर्धारण गर्ने हुँदा प्रश्नपत्र सँग बालबालिकाको मात्र नभई समाजको र राष्ट्रको भविष्य जोडिएको हुँदा पश्नपत्र निर्माण गर्ने विषय जटिल रहेकोले प्रश्नपत्रलाइ स्तरीय र ग्रेड अनुसार  बिशिष्टीकृत र व्यवहारिक हुनुपर्ने कुरा बताए।

मेलुङमा युवा शिक्षकहरू धेरै हुनुहुन्छ पुराना शिक्षकको अनुभव नयाँ शिक्षकको जोस र प्रविधिमा भएको प्रशस्त ज्ञानलाई जोडेर मेलुङको शिक्षालाई प्रभावकारी बनाउन सकिने गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्यले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button