लिखु रनिङ शिल्डको उपाधि जनजीवनको कब्जामा

ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनजीवन माविले जितेको छ । स्वर्ण १३, रजत २ र कास्य २ मेडलका साथ जनजीवन माविले सो उपाधि आफ्नो कब्जामा पारेको हो ।
स्वर्ण १०, रजत ५, कास्य ५ आफ्नो कब्जामा पारी यसम मावि दोस्रो भएको छ भने स्वर्ण ५, रजत २४, कास्य २ मेडल जितेर ग्रामोदय युगकवि सिद्धिचरण मावि तृतीय हुन सफल भएको छ।
प्रथम, द्वितीय र तृतियहुने विद्यालयलाई क्रमशः ३० हजार, २० हजार , १५ हजार र ट्रफि पालिका अध्यक्ष अशोक कार्कीले हस्तान्तरण गरे ।
भलिबलमा प्रथम हुने महिला तथा पुरुष टिमलाई १०÷१० हजार, द्वितीय हुने महिला तथा पुरुष टिमलाई ७÷७ हजार र तृतीय हुने महिला तथा पुरुष टिमलाई ५÷५ हजार हस्तान्तरण गरिएको थियो ।
८ सय मिटर दौड तर्फ प्रथम हुनेलाई २ हजार, द्वितीय हुनेलाई १ हजार ५ सय र तृतीय हुनेलाई १ हजार २ सय रुपैयाँ प्रदान गरिएको थियो ।
४ सय मिटर दौड तर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १ हजार ५ सय, १ हजार २ सय र १ हजार प्रदान गरिएको थियो ।
२ सय र १ सय मिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १ हजार , ८ सय र ५ सय पुरस्कार प्रदान गरिएको पालिकाका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख पोकल मगरले बताए ।

गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखु गाउँपालिका वडा न. ६ गाम्नाङ्गटारको खेल मैदानमा सम्पन्न भएको छ । प्रतियोगिता शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गत शुक्रवार सुरु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button