खेलाडीको उपचार खर्च, गोकुलगंगाले गर्छ

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाले खेलाडीको निःशुल्क उपचार गर्ने भएको छ । पालिकाले आउँदो शुक्रवार देखि सुरु हुन लागेको ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने विद्यार्थी घाइते भए उपचार गर्ने भएको हो ।
तीन दिन सम्म संचालन हुने प्रतियोगिता अवधिमा आफ्नो पालिकाबाट भाग लिएका खेलाडीलाई कुनै चोट लागेमा वा अन्य कुनै उपचार गर्नु परेको अवस्थामा पालिकाले खेलाडीहरूको निःशुल्क उपचार गर्ने भएको हो ।
पालिकाले संचालन गरेको रनिङ शिल्डमा खेलाडी विद्यार्थी घाइते भएका थिए । अब पनि त्यो सम्भावना नहोला भन्न सकिन्न। तसर्थ पालिकाले उपचारमा विशेष ध्यान दिएको हो – पालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश)ले भने।