११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकामा शुक्रवार देखि ११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ। कार्यक्रम रामेछाप  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज घागा मगरको सभापतित्वमा भएको थियो ।   राष्ट्रिय खेलकुद परिषदका  सदस्य सचिव टन्कलाल घिसिङ प्रमुख अतिथि, प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ बिशिस्ट अतिथिका रुपमा उपस्थित थिए ।

 जिल्ला समन्वय प्रमुख चिना कार्की, नगरपालिका, गाउपालिकाका प्रमुख, उप प्रमुखहरु, जिल्ला खेलकुद सँग सम्बन्धित निकायहरुका प्रतिनिधिहरुको उपस्तिथिमा प्रमुख अतिथि घिसिङले पानसमा दीप प्रज्वलन गरि ११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उदघाटन गरेका हुन।

घिसिङले रामेछाप जिल्ला भौगोलिक बिकटताका कारण जति अफ्ट्यारो भएपनि उमाकुण्ड गाउपालिकाले जिल्लास्तरीय प्रतियोगिता गराउने हिम्मत गरेकोमा धन्यवाद दिएका छन् ।उनले भने- यो जिल्ला म जन्मेको जिल्ला हो । रामेछापको धुलोमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुले अन्तर्राष्ट्रिय कबड हलमा प्रतिस्पर्धा गरेको हेर्न चाहेको छु। अहिले हामि खेलकुदको बिकास गर्न आएका छौ। हामिलाइ बिगत कोट्याएर बस्ने छुट छैन। मैले भरखरै मात्रै खेलकुद क्षेत्रका खेलाडीको बिमा लगायत सुनिस्चित गरेको छु। हामीले खेलाडीलाई १ लाखसम्मको विमा गरेका छौँ ।

प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङले अर्को बर्षसम्म यस उमाकुन्ड गाउपालिकासम्म कलोपत्रे गरेर देखाउने बताए।साथै खेलकुद मैदानलाई अझै स्तरिय बनाउन बजेट व्यवस्थापन समेत गर्नेछु ।

११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भाग लिन रामेछाप नगरपालिकाबाट १ सय ३६ जना, मन्थली नगरपालिकाबाट १ सय ३६ जना, सुनापति गाउँपालिकाबाट ५८ जना, दोरम्बाशैलुङ गाउँपालिकाबाट ७० जना, खाँडादेवी गाउँपालिकाबाट ७४ जना, लिखु तामाकोशी गाउँपालिकाबाट ११७ जना, गोकुलगंगा गाउँपालिकाबाट ५९ जना र उमाकुण्ड गाउँपालिकाका ११६ जना खेलाडीको सहभागीतारहेको कार्यक्रमका सभापति रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज घागा मगरले बताए

उमाकुण्ड गाउपालिकाको प्रिति च्यादलुको नव निर्मित खेलकुद मैदानमा ११ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएकोहो ।

कार्यक्रम समापन हुदा सम्म झमक्कै रात परेको थियो। कार्यक्रममा सास्कृतिक कला, झाकिहरु देखाइएको थियो। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button