१३ स्वर्ण सहित उमाकुण्ड अग्रस्थानमा

रामेछाप । जिल्ला स्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सह आयोजक उमाकुण्ड गाउँपालिकाले १० स्वर्ण ल्याई अग्रस्थान ओगटेको छ ।
रामेछाप नगरपालिका ९ स्वर्ण ल्याई दोस्रो स्थानमा छ । मन्थली नगरपालिका ८ स्वर्ण ल्याई तेस्रो, लिखु तामाकोशि गाउँपालिका ३ स्वर्ण ल्याई चौथो र गोकुलगंगा गाउँपालिका १ स्वर्ण ल्याई पाँचौँ स्थानमा छ ।
बाँकी पालिकाले भने कुनै पनि स्वर्ण हात पार्न सकेका छैनन् । १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि ३२ स्वर्ण सहित जितेको मन्थली नगरपालिका शनिवार सम्म तेस्रो स्थानमा रहेको छ ।
प्रतियोगिताका ३२ वटा विद्याका खेलहरू सम्पन्न भएका छ । आज बेलुकासम्म सबै खेलहरू सकिने र भोलि २३ गते बिहान ९ः०० बजे समापन कार्यक्रम रहेको आयोजकले बताएको छ । ११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उमाकुण्ड गाउँपालिकाको च्याँदलुमा शुक्रवार २० गते उद्घाटन भएको थियो ।



