दीप बहादुर कार्की स्मृति प्रतिष्ठानले विद्यालय र विद्यार्थीलाई गर्यो सहयोग

रामेछाप । दीप बहादुर कार्की स्मृति प्रतिष्ठान रामेछाप न पा का ३ वटा विद्यालयका विद्यार्थीहरूका लागि विभिन्न पुस्तक तथा न्यानो कपडा (ट्रयाक सुट सेट) वितरण गरेको छ ।
प्रतिष्ठानले रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको सेतीदेवी आधारभूत विद्यालयका २६ जना र सिद्धेश्वर आधारभूत विद्यालयका २५ जना विद्यालयका विद्यार्थीलाइ खाजा प्रती विद्यार्थी रु १५ रुपैया दैनीक र ईन्टरनेट न्यानो कपडा जुत्ता मोजा झोला वितरण गरिएको थियो । गत २ बर्ष देखि प्रतिष्ठानले गैयाश्वरी आ वि लाई ८ लाख बरावरको स्कुल ड्रेस, न्यानो कपडा, झोला , जुत्ता ,मोजा, शैक्षिक सामाग्री , प्रोजेकटर, कम्प्युटर , ईन्टरनेट , दीवा खाजा का लागि प्रति विद्यार्थी रु १५ रुपैया, फ्रीज, डाईनीङ टेबल कुर्सी पकाउने खाने भाडाहरु दिइएको जानकारी दीप बहादुर कार्की स्मृति प्रतिष्ठानका उपाध्यक्ष नारायण कार्कीले दिनुभयो ।


कार्यक्रममा श्री गौरीशङ्कर मा बी रामेछाप बजार लाई पुस्तकालय व्यवस्थापनका लागि विद्यालय को माग बमोजिम २ लाख रुपैयाँका बरावरका पुस्तकहरू विद्यालयलाई हस्तान्तरण गरिएको थियो । त्यसैैगरि गौरी शङ्कर मा बी का ३ जना गरिब जेहेन्दार छात्र छत्रा लाई कक्षा ४ देखि १२ सम्म का लागि किताब कपी कलम लाग्ने शुल्क यसै शैक्षिक सत्र बाट लागु हुने गरी प्रतिष्ठानले बेहोर्ने निर्णय भएको पनि सो अवसरमा जानकारी गराइएको थियो ।
आइतवार भएको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्ययतामा भएका थियो । कार्यक्रमका अवसरमा पोसाक अन्तर्गत रहेको न्यानो कपडा र गौरीशंकर माविका लागि प्रमुख न्यौपानेले पुस्तकहरू विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा प्रमुख न्यौपानेले पोसाक तथा पुस्तक हस्तान्तरण गर्दै दीप बहादुर स्मृति प्रतिष्ठानले बाल बालीकाको शैक्षिक उन्नयनका लागि गरेको सहयोगको प्रशंसा गर्नु हुँदै स्वर्गीय कार्कीले जीवित हुँदा समाज परिवर्तनका लागि अतुलनीय काम गरेको स्मरण पनि गर्नुभयो ।
कार्यक्रम दीप बहादुर कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष कमल विक्रम कार्कीको अध्यक्षतामा भएका कार्र्यक्रममा रामेछाप नगरपालिकाका बडा नं. ७ का वडा अध्यक्ष समिर कार्की, प्रतिष्ठानका उपाध्यक्ष नारायण कुमार कार्की र सदस्य सुदीप विक्रम कार्की र सम्बन्धित विद्यालय का. बी. ब्य. स. का अध्यक्ष, सदस्य र प्र. अ. लगाएतको उपस्थित रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button