रामेछाप सास्कृतिक कलाकार समाज मन्थलीको अध्यक्ष बनिन निकिता चौहान

रामेछाप । रामेछाप सास्कृतिक कलाकार समाज मन्थली नगरको प्रथम अधिबेशन तथा दोस्रो साधारणले निकिता चौहानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मन्थलीमा शुक्रवार सम्पन्न भएको अधिबेशनले सर्बसहमत रुपमा कार्यसमिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा भद्र थापा मगर , प्रतिमा श्रेष्ठ सचिब अनिता थापा मगर, सह-सचिब दीक्षा महत, कोषाध्यक्षमा गिता कार्की र सह-कोषाध्यक्षमा साहरा कार्की चयन भएका छन् । यस्तै सदस्यहरुमा शुसिला नेपाली, सीता कार्की, बिनिता नेपाली, पिन्स श्रेष्ठ, सबिना कार्की, लेख बहादुर माझी र केशव पाख्रिन चयन भएका छ्न ।