लक्ष्मी फेरि बनिन समाजसेवाकी अध्यक्ष

रामेछाप । समाजसेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्था ली रामेछापको १६ औँ वार्षिक साधरणसभा तथा छैँठौ अधिवेशन सम्पन्न भएको छ । बचतले रामेछाप बजारमा आफ्नो सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।
आव २०७९÷०८० मा बचतले १ करोड ३५ लाख ७६ हजार २ सय ९० रुपैयाँ ९० पैसाको कारोबार गरेको कोषाध्यक्ष कल्पना देवकोटाले आर्थिक प्रगति प्रतिवेदन मार्फत जानकारी गराइन् । संस्थाले १ करोड १७ लाख ६६ हजार लगानी गरेको र २८ लाख २६ हजार ५ सय ७४ आम्दानी गरेको प्रतिवेदनमा छ । साथै १६ लाख ७४ हजार ६ सय ७७ रुपैयाँको खर्च भएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रमुख अतिथिको रूपमा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने कार्यक्रममा पुगेका थिए ।
अधिवेशनले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ भने लेखा सुपरिवेक्षण समिति संयोजकमा घनामाया श्रेष्ठ सदस्यमा हिममाया श्रेष्ठ र कोपिला खुलाल मगरलाई चयन गरेको छ ।
बचतमा हाल ५ सय ४१ जना सेयर सदस्यहरू छन् । कार्यक्रममा समाजसेवा जागृति महिला बचतका अध्यक्ष लक्ष्मी घिसिङको अध्यक्षता भएको थियो ।



