डिप्लोमा इन्जिनियर्सको अध्यक्ष बने होमबहादुर खड्का

रामेछाप । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डीन) रामेछापको अध्यक्षमा होमबहादुर खड्का चयन भएका छन् । बुधवार भएको एशोसियशनको भेलाले खड्काको नेतृत्वमा नयाँ समिति गठन गरेको हो । खड्का जिल्लाको मन्थली नगरपालिकामा कार्यरत छन् ।
इन्जिनियर्स एशोसियशनको उपाध्यक्षमा पूर्वाधार विकास कार्यालयमा कार्यरत नवराज थापा, सचिवमा खाँडादेवी गाउँपालिकामा कार्यरत अर्थ विक्रम लामा र कोषाध्यक्षमा मन्थली नगरपालिकाका कृष्णदास श्रेष्ठ र सह–सचिवमा पूर्वाधार विकास कार्यालय रामेछापका प्रचण्ड ढुङ्गेल चयन भएका छन् ।
सदस्यहरूमा पूर्वाधार विकास कार्यालय रामेछापका विपुल रोक्का र खाँडादेवी गाउँपालिकाकी पवित्रा कार्की चयन भएका छन् ।
डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल विशुद्ध पेसागत संस्था हो । जसमा सब इन्जिनियर र इन्जिनियर असिस्टेन्ट आबद्ध छन् । यो संगठनमा देश भरी करिब ३० लाख सदस्य छन् । यस अघि रामेछाप डीनको अध्यक्ष लक्ष्मण रायमाझी थिए ।