गठबन्धनलाई हराउँदै एमालेका सुवेदी अध्यक्षमा निर्वाचित

१४ माघ रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार नवराज घिमिरेलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार उज्वल सुवेदी निर्वाचित भएका छन् । ५ मतको अन्तरले सुवेदी विजयी भएका हुन् ।
कूल मत १२२ मध्ये ११५ मत खसेको थियो, उज्वल सुवेदीले ६० मत र नवराज घिमिरेले ५५ ल्याउका हुन् मतदान बिहान १०ः ३५ देखि साँझ ५ बजे सम्म भएको थियो ।
त्यस्तै एक महिला सदस्य सहित ५ जना गठबन्धन तर्फका रामचन्द्र अधिकारीले ६८, नवीन केसी ले ६०, दीपक राज प्रसाईले ८२, र युवाराज सुवेदीले ९४ मत ल्याई निर्वाचित भएको निर्वाचन समितिकी संयोजक एवं क्याम्पसकी सहायक प्रमुख रीता दाहाले जानकारी दिईन् ।