दोस्रो मन्थली ‘नगर कप’ को उपाधि भटौलीको पोल्टामा

रामेछाप । दोस्रो मन्थली ‘नगर कप’को उपाधि मन्थली नगरपालिका वडा नं–७ भटौलीले आफ्नो पोल्टामा पारेको छ । शनिवार भएको फाइनल खेलमा वडा नं १ मन्थलीलाई २२-२५, २३-२५, १९-२५ को सोझो सेटमा हराउँदै भटौलीले नगरकपको उपाधि जितेको हो । भटौलीले प्रथम पुरस्कार नगद १ लाख सहित ‘रनिङ शिल्ड’, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

दोस्रो स्थान हाँसिल गरेको मन्थली-१ ले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

वडा नं ८ चिसापानीले वडा नं ४ सालुलाई २४-२६, २०-२५ र १९-२५ को सोझे सेट्मा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । चिसापानीले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । सान्त्वना भएको सालुले नगद ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र जितेको हो ।

मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो नगर कपमा विभिन्न ७ विधामा उत्कृष्ट खेलाडी, कोच र सर्वोत्कृष्ट खेलाडी नगद ३ हजार र ५ हजार सहित पुरस्कृत भएका छन् । गएको बुधवारदेखि जिल्ला समन्वय समितिको मैदानमा भएको भलिबल प्रतियोगितामा नगर भित्रका १४ वटै वडाको सहभागिता रहेको थियो ।

साथै उत्कृष्ट खेलाडी र कोच समेत आफ्नो पक्षमा पार्न सफल भएको छ ।

विजेता खेलाडीहरूलाई नगरपालिका प्रमुख लव श्रेष्ठले उप-प्रमुख ईश्वरी बस्नेत र वडा अध्यक्षहरूसहितको उपस्थितिमा पुरस्कार राशि, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button