मन्थली नगरपालिकाको संस्थागत विद्यालय बिदा
जिल्लाको मन्थली नगरपालिकाभित्र सञ्चालित निजी तथा आवासीय विद्यालय आज मङ्गलवार बिदा दिएका छन् । मंगलवार माझी जातिको विशेष पर्व ’लदी पूजा’ का लागी सार्वजनिक बिदा दिने निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सन रामेछापले निर्णय गरेको हो ।
स्थानीय संस्कृति र पहिचानको सम्मान गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन रामेछापले यस पर्वको अवसरमा माझी समुदायको बाहुल्यता रहेको मन्थली नगरपालिका वडा नं १ मन्थली र वडा नं ७ भटौलीमा रहेका सबै संस्थागत विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्याब्सन रामेछापका अध्यक्ष केशव तिमल्सिनाले बताए । प्याब्सन रामेछापद्वारा फागुन १३ गते आइतबारबाट सञ्चालन भइरहेको बिएल प्रि टेस्ट भने सञ्चालन हुने प्याब्सन रामेछापले जनाएको छ ।