सङ्गीतकर्मी संघमा पुनः सोनु

रामेछाप । राष्ट्रिय सङ्गीतकर्मी संघ रामेछापको पाँचौँ अधिवेशनले अध्यक्षमा सोनु रोकालाई पुन चयन गरेको छ । सोमबार मन्थलीमा सम्पन्न साधारण सभा तथा पाँचौँ अधिवेशनले रोकाको नेतृत्वमा १६ सदस्यको नयाँ नेतृत्वलाई निर्विरोध चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिवमा क्रमशः अनिता थापा मगर, रमेश कुमार थापा, मुना सुवेदी, सुमन खड्का र सह सचिवमा निकिता चौहान र राजेन्द्र खड्का चयन भए । समितिको सदस्हरुमा क्रमशः सुवास न्यौपाने, अम्रेस मोक्तान, हरेराम क्षेत्री, गीता कार्की, शान्ता नेपाली र ईन्दिरा घिमिरे निर्वाचित भए। कार्यक्रम बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठको प्रमुख अतिथ्यतामा सकिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button