खुल्ला पुरुष भलिबलको जीत आयोजककै पोल्टामा

रामेछाप । उमाकुण्ड गाउँपालिकाको लाछेवरमा भएको ‘खुल्ला पुरुष भलिबल प्रतियोगिता’ सम्पन्न भएको छ । उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देल स्थित साबिकको वडा नं १ लाछेवरमा सम्पन्न खेलमा आयोजक छोरमा युवा क्लब लाछेवारले नै जीत आफ्नो पोल्टामा पारेको छ ।
तस्तै रातो तारा युवा क्लब गुम्देल दोस्रो, सगरमाथा युवा क्लब सोलुखुम्बु (टाक्टोर) तेस्रो र युथ् रोशी बाम्ती सान्त्वना भएका हुन् । विजेता हुने विजयलाई पुरस्कारको राशि प्रथम, दोस्रो, तेस्रो र सान्त्वना क्रमश नगद रु. ५५ हजार ५ सय ५५ रुपैयाँ, नगद रु. ३३ हजार ३ सय ३३ रुपैयाँ, नगद रु. ११ हजार एक सय ११ रुपैयाँ र नगद रु ८ हजार ८ सय ८ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र अध्यक्ष शेरबहादुर सुनुवारले प्रदान गरेका थिए ।
आइतबार उपाध्यक्ष सावित्री सुनुवार सहितको उपस्थितिमा उद्घाटन गरेर खेल सुरु भएको थियो । तीन दिने भलिबल र सांस्कृतिक कार्यक्रममा करिब २० लाख खर्च भएको आयोजक क्लबका अध्यक्ष साम्देन शेर्पाले बताए ।
मंगलबार समापन कार्यक्रममा पालिका अध्यक्ष शेरबहादुर सुनुवार, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुली, वडा अध्यक्ष ङातिण्डू शेर्पा तथा अन्य वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । नुम्बुर हिमाल (महालङ्गुर) को फेदी लाछेवरमा स्थानीय क्लबले खेल आयोजना गर्ने जानकारी भए पछि पालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको उपाध्यक्ष सावित्री सुनुवारले बताइन् । क्षेत्रको पर्यटन प्रवर्द्धनमा विशेष योगदान गर्न अग्रसर बनेको छोरमा युवा क्लबद्वारा आयोजित तीन दिन संचालन भएको प्रतियोगितामा नौ टिमको सहभागीता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button