मनोनीत गर्दै समितिलाई पूर्णता दिँदै तरुण दल
रामेछाप । नेपाल तरुण दल रामेछापले रिक्त रहेका पदाधिकारी तथा सदस्यहरु मनोनीत गरेको छ । शनिवार जिल्ला अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को अध्यक्षमा बसेको बैठकले रिक्त रहेका पदमा मनोनीत गरेर समितिलाई पूर्णता दिएको हो । तरुण दलले हाल ८५ सदस्यीय समिति बनाएको छ ।
जिल्लाका ८ ओटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू मनोनीत गरिएको अध्यक्ष खड्काले बताए । समितिमा भएका केही पदाधिकारी तथा सदस्यहरूले पदबाट राजीनामा दिएको, समितिमा निष्क्रिय बनेका, केन्द्रीय सदस्यमा मनोनीत भएका लगायतका कारणले रिक्त भएका र मनोनीत गर्न बाँकी रहेको ठाउँमा मनोनीत गरेर समितिलाई पूर्णता दिइएको अध्यक्ष खड्काले थपे ।
यसरी मनोनीत हुनेमा उपसचिव रहेका जीवनबहादुर कार्की उपाध्यक्ष, सदस्य रहेका डिपी तामाङ कोषाध्यक्ष र खड्ग बहादुर तामाङ सह–सचिवमा मनोनीत भएका छन् ।