बचतकर्ताको गुनासो सुन्दै वित्तीय साक्षरता दिँदै सामुदायिक लघुवित्त

रामेछाप । सामुदायिक लघुवित्त वित्तीय संस्था शाखा कार्यालय मन्थली अन्तर्गत इकाई कार्यालय पुरानागाउँले वित्तीय साक्षरता तथा गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । रामेछापको मन्थली नगरपालिका वडा नं. ९ पुरानागाउँमा बिहीबार भएको १ दिने कार्यक्रममा ४२ जना बचतकर्ता सदस्यहरूको उपस्थिति रहेको शाखा प्रमुख शर्मिला कार्कीले जानकारी दिइन् ।
कार्यक्रम वडाध्यक्ष गोकर्ण राज आरणको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो । कर्जा लिई सही ठाउँमा सदुपयोग गरी आयआर्जनको क्षेत्रमा लगाई सफल उद्यमी बन्न सकिने वडाध्यक्ष आरणले बताए । समूहमा बसेर दिदिवहिनीहरु बोल्न सक्ने, नडराउने भएका समेत आरणले बताए ।
वित्तीय साक्षरता तथा गुनासो सुनुवाइ कार्यक्रमको प्रस्तुति सामुदायिक लघुवित्त वित्तीय संस्थाका क्षेत्रीय अधिकृत लोकराज भट्टले गरेका थिए । केन्द्रीय कार्यालय संचालन तथा अनुगमन विभागका अधिकृत मिलन महर्जनले कार्यक्रमको सहजिकरण गरेका थिए ।
संस्थाले वर्षमा १ पटक यस्ता कार्यक्रम गर्ने गरेको छ । संस्थाले ज्येष्ठ बचतकर्ता २ जनालाई सम्मान समेत गरेको शाखा प्रमुख शर्मिला कार्कीले बताइन् । कार्यक्रम ३३ केन्द्र प्रमुख ताराकुमारी थापामगर को सभापतित्वमा भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button