उद्योग तथा वाणिज्य कार्यालय र रामबाबु गिरी बिच के छ कनेक्सन ?

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा जुनारको स्क्वास बनाएर बिक्री वितरण गर्दै आएको डिलक्स एग्रो फरेस्ट्री प्रालिले जुस बनाउँदा म्याद सकिएको रङ्ग प्रयोग गरेको पाइएको छ ।

उद्योग तथा वाणिज्य कार्यालय रामेछापको नेतृत्वले अनुगमन गर्दा डिलक्स एग्रो फरेस्ट्रीमा म्याद सकिएको Idacol Vitimate synthetic color प्रयोग गर्ने गरेको पाइएको हो ।

अनुगमनका क्रममा म्याद सकिएको अखाद्य बस्तु भेटिएपछि अनुगमन टोलीले  डिलक्स एग्रो फरेस्ट्रीको सञ्चालक रामबाबु गिरीलाई ३० हजार रुपैयाँ जरिवाना समेत गरेको छ । उद्योग तथा वाणिज्य कार्यालय, रामेछापका कार्यालय प्रमुख तथा निरीक्षण अधिकृत श्री सुबोधकुमार साह कर्मयोगी, जिल्ला प्रशासन कार्यालय, रामेछापका शाखा अधिकृत चूडामणि अर्याल, जिल्ला प्रशासन कार्यालय रामेछापका ना.सु. लक्ष्मण भुजेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, रामेछापका खाद्य निरीक्षक विक्रम श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय रामेछापका खरिदार सम्झना भुजेल, उद्योग वाणिज्य सङ्घ, रामेछापका वाणिज्य उपाध्यक्ष राम सुदिस साह सोनार, उद्योग वाणिज्य सङ्घ, रामेछापका आजीवन सदस्य प्रमोद श्रेष्ठ,  उद्योग तथा वाणिज्य कार्यालय, रामेछापका शिक्षक प्राविधिक नीरज खड्का,  राष्ट्रिय उपभोक्ता मञ्च रामेछापका सचिव दीपक कार्की उद्योग तथा वाणिज्य कार्यालय, रामेछापकी तालिम सहजकर्ता तुलसा पौडेल लगायत अनुगमन टोलीद्धारा गरिएको अनुगमन प्रतिवेदन समेत उद्योग तथा वाणिज्य कार्यालय, रामेछापले गुपचुप पारेको खुलासा भएको छ ।

डिलक्स एग्रो फरेस्ट्री प्रालिका सञ्चालक गिरीलाई गरिएको कारबाहीलाई लुकाउन अनुगमन रिपोर्ट समेत गुपचुप पारिएको स्रोतको दावी छ । गुणस्तरहिन जुस उत्पादन गरी जनस्वास्थ्य माथि खेलवाड गर्दै आएको रामबाबु गिरीलाई उद्योग तथा वाणिज्य कार्यालय रामेछापले पटक–पटक संरक्षण गर्दै आएको छ । गुणस्तरहिन जुस बिक्री वितरण गर्दै आएको व्यक्तिलाई ढाकछोप र गैरकानुनी काम गर्न प्रोत्साहन गर्नुले रामबाबु गिरी र उद्योग तथा वाणिज्य कार्यालयबिच गैरकानुनी मिलेमतो छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ ।

गिरीले जुसमा मात्र होइन शैलुङ् प्रशोधित पिउन पानीको नाममा समेत गुणस्तरहिन पानी बजारमा बिक्री वितरण गर्दैै आएको छ । उद्योग तथा वाणिज्य कार्यालयको समेत साथ पाएपछि गिरीले वर्षौदेखि जुस र प्रशोधित पिउने पानीको नाममा नागरिकको स्वास्थ्यमाथि खेलवडा गर्दै आएका छन् । नियमनकारी निकायबाटै गैरकानुनी काम गर्दै आएका गिरीले संरक्षण पाएपछि गिरीको लापरबाही चरमचुलीमा पुगेको छ ।

अनुगमनमा जाँदा कारबाही गरेजस्तो गर्ने तर उनी गिरीको संरक्षण गर्दै आएको उद्योग तथा वाणिज्य कार्यालय यस पटक पनि गिरीलाई संरक्षण गरेको छ । 

उद्योग तथा वाणिज्य कार्यालय, रामेछापको नेतृत्वमा भएको अनुगमनमा ५ व्यवसायीलाई कारबाही गरिएको थियो । त्यो कारबाही देखावटीको लागि मात्र गरेको पाइएको छ । अनुगमन टोलीले

क) डिलक्स एग्रो फरेष्ट्री प्रोडक्टस प्रा.लि. ३०,०००/–

ख) अनमिका खाद्य उद्योग १५,०००/–

ग) दाश जेनेरल स्टोर्स एण्ड सप्लायर्स १५,०००/–

घ) अनुराग इन्टरप्राइजेज एण्ड सप्लायर्स १५,०००/–

ङ) एस.एस. भोजनालय एण्ड लजलाई १०,०००/– रुपैयाँ जरिवाना गरेको थियो ।

अनुगमनमा दुई पोका चाउचाउको म्याद सकिएको भेट्दा अनि चटपटे बेच्नेले दर्ता नगरी सानो व्यवसाय चलाउँदा कारबाही गरेको भनेर रिपोर्ट सार्वजनिक गर्ने उद्योग तथा वाणिज्य कार्यालय, रामेछापले गिरीलाई बारबाही गरेको अनुगमनको रिपोर्ट नै गुपचुप पारेको छ । रिपोर्ट लुकाइएको विषयमा प्रश्न गर्दा उद्योग तथा वाणिज्य कार्यालय, रामेछापका कार्यालय प्रमुख कर्मयोगीले भने– हामीले हाम्रो फेसबुक पेज मार्फत सबै सार्वजनिक गरेका छौँ ।

उद्योग तथा वाणिज्य कार्यालय, रामेछापले फेसबुकमा पोष्ट गरेको छ  तर गिरीलाई कारबाही गरेको कुरा कहीपनि उल्लेख छैन । अनुगको रिपोर्ट गुपचुप पारेरे फेसबुकमा एउटा चिठ्ठी बनाएर पोस्ट गरेको छ । कार्यालयले सार्वजनिक गरेको पत्रमा भनिएको छ । कार्यालयले सार्वजनिक गरेको रिपोर्टमा १८ वटा विन्दुमा अनुगमन गरिएको, कानुन बमोजिम कैफियत देखिएको उद्योग÷व्यवसायीहरूलाई कानुन बमोजिम जरिवाना गरी रु.८५,०००।– (अक्षरूपी पचासी हजार मात्र) राजश्व दाखिला गर्न निर्देशन दिएको उल्लेख छ ।

पचासी हजार जरिवाना गरियो ? किन गरियो ? कसलाई गरियो ? यो बारेमा कुनै विवतरण नखुलाउनुले उद्योग तथा वाणिज्य कार्यालय, रामेछापको कामप्रति संसय पैदा भएको छ । उद्योग तथा वाणिज्य कार्यालयको यस्तो कार्यले सानालाई ऐन, ठुलालाई चैन भन्ने उखान चरितार्थ भएको छ ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button