काकाकुल ठुली मदौमा खानेपानीको उद्घाटन ,२ सय १७ घर लाभान्वित

रामेछाप। रामेछाप जिल्ला मन्थली नगरपालिका ३ ठुली मदौ लिफ्ट सामुदायिक खानेपानी आयोजनाको उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन संविधान सभाका सदस्य तथा बागमती प्रदेशका सदस्य तारा नारायण श्रेष्ठले गरे ।
बागमती प्रदेशका मुख्य मन्त्री सालिकराम जमरकट्टेलले १० बजे उद्घाटन गर्ने भनेर पत्राचार गरिएको भए पनि अन्तिममा मुख्य मन्त्री अस्वस्थ भएर सुनकोसी गाउँपालिका बाटै उपचारका लागि काठमाडौँ फर्किएको सूचना आएपछि उक्त योजनाको उद्घाटन निर्धारित समय भन्दा ढिला गरी करिब २ बजे तीर सांसद श्रेष्ठले गरेका थिए ।।
सांसद श्रेष्ठले बजेटको अभावमा लामो समय देखि काम पुरा हुन नसकेको योजना अन्तर्गत पहिलो चरणमा ठुलिमदौका २ सय १७ घरका उपभोक्ताहरूलाई लक्षित गरी उक्त योजनाको उद्घाटन गरेको जानकारी सो अवसरमा गराइएको थियो ।उक्त योजनाको बाँकी काम सम्पन्न गर्ने जिम्मा संविधान सभाका सदस्य तथा बागमती प्रदेशका सदस्य तारा नारायण श्रेष्ठले लिएका छन् ।
सो अवसरमा उनले वडा नं ३ अन्तर्गतका करिब ५ सय घरका उपभोक्तामा उक्त खानेपानी योजना पु¥याउनै पर्ने बाध्यता भएकोले योजना अन्तर्गतको बाँकी कामका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने जिम्मा आफूले लिने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रमका अवसरमा जन प्रतिनिधीहरुको बेवास्ता सँगै बजेटको अभावमा लामो समय देखि उक्त योजनाको पुरा काम अधुरो भएको भन्ने आवाज सर्वत्र रूपमा उठेपछि सांसद श्रेष्ठले उक्त योजनाको बाँकि काम प्रदेशको बजेट मार्फत पुरा गर्ने जिम्मा आफूले लिएको घोषणा पनि गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष गोपाल कृष्ण श्रेष्ठले बजेटको अभावमा लामो समय देखि अलपत्र रहेको योजनाको काम सम्पन्न गर्ने कुरामा प्रदेश सांसदले वे वास्ता मात्र नगरेर आएको बजेट समेत अन्यत्र लगेको आरोप लगाएका थिए । तर सांसद श्रेष्ठले उक्त आरोपको भने सिधै प्रतिवाद गर्दे खानेपानी मात्र नभएर नागरिकको प्रत्यक्ष सरोकार सँग जोडिएको काममा आफू गम्भीर र जिम्मेवार रहेको पनि बताए ।
उनको साथमा अर्का प्रदेश सांसद युवराज चौलागाई पनि सहभागी भएका थिए । सो अवसरमा सांसद चौलागाईले नागरिकको सरोकार सँग जोडिएका महत्त्वपूर्ण सवालहरूमा आफूहरू गम्भीर रहेको भन्दै त्यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक पर्ने धारणा राखेका थिए । उनले देशमा देखिएको अस्थिर राजनीतिलाई आधार बनाएर पछिल्लो समयमा व्यवस्था विरुद्ध आवाज उठ्नु भने गलत भएको भन्दै उक्त व्यवस्था विश्वकै उत्कृष्ट व्यवस्था भएकोले यसलाई जोगाउनका लागि मत दाता हरू पनि सचेत हुनु पनि आग्रह गरे ।
उपभोक्ता समितिले लामो प्रयासका बिच रनजोर खोलामा इनार निर्माण गरी सोही इनार बाट लिफ्ट सिस्टमबाट तानेको पानी मङ्गल बार वाट विधिगत रूपमा सञ्चालनमा आएको हो । उक्त योजनाको उद्घाटन गर्दे बागमती प्रदेशका सदस्य तारा नारायण श्रेष्ठले औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका थिए । करिब ५ किलोमिटर तलबाट लिफ्ट सिस्टम बाट ल्याइएको उक्त योजनाको उद्घाटन मोवाईलको एप्स अन गरी गरिएको थियो । उद्घाटन पछि २ सय १७ घरको धारामा एक पटक पानी झर्दा उपभोक्ताहरुले ताली र पन्चेवाजा समेत बजाएर स्वागत पनि गरेका थिए ।
क्रमागत रूपमा निर्माण सक्ने गरी लामो समय देखि काम शुरु भएको उक्त योजनको काम बजेटको अभावका बिच पनि ठुली मदौ क्षेत्रका नागरिकहरूलाई भए पनि समयमै खानेपानी खुवाउने काममा समितिले उत्कृष्ट काम गरेको भन्दै आम उपभोक्ताहरूले समितिका अध्यक्ष यम बहादुर थापा र उनको समितिलाई धन्यवाद दिएका थिए । उक्त समितिले काम आरम्भ गरेको २ बर्षमानै उक्त योजनाको पहिलो फेजको कार्यक्रम सम्पन्न गरी खानेपानीको अभावमा तड्पिएर बसेका २ सय १७ घर ठुली मदौबासी उपभोक्ताहरूको खानेपानीको समस्या समाधान गरी दिएको हो ।
उक्त योजनाका लागि ४ करोड ५४ लाख रुपैयाँ खर्च भएको र बाँकी सबै उपभोक्ताका बिच खानेपानी पु¥याउन करिब थप २ करोड रुपैयाँ लाग्ने खानेपानी तथा सर सफाइ डिभिजन नं ४ का प्रमुख हुपेन्द्र राज जोशीले जानकारी गराए । योजनाको उद्घाटन सम्म आइपुग्दा उपभोक्ता समितिले गरेको कामको पनि प्रमुख जोशीले उच्च प्रशंसा गर्दे उपभोक्ताका लागि अत्यन्त महत्त्वपूर्ण रहेको योजना भएकोले कार्यालयले पनि योजनालाई उच्च महत्त्व दिएको बताए ।
उपभोक्ता समितिका अध्यक्ष यम बहादुर थापाको अध्यक्षता र सन्तोष खत्रीको सञ्चालनमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस,नेकपा एमाले र माओवादी केन्द्रका जिल्ला नेताहरूका अलावा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र उप प्रमुख ईश्वरी बस्नेत ,वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडेल र जिल्लाका सञ्चार माध्यमका प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button