जिल्लाको एक मात्र सँस्कृत मावि असहाय वालवालिकाहरुका लागि शिक्षाको सारथि बन्दै
रामेछाप । जिल्लाको एक मात्र सँस्कृत मावि वावियाखर्कले असाहाय, विपन्न र कर्मकाण्ड पढ्ने वाल वालिकाहरुलाई सहयोग गर्ने घोषणा गरेको छ । विद्यालयले शुक्रबार आफनो ६५ औ बार्षिक उत्सबका अवसर पारेर उक्त कुराको घोषणा गरेको हो ।
विद्यालयको वार्षिक उत्सबका अवसरमा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद घिमिरेले विद्यालयले विगत ३ बर्ष देखि गुरुकुल शिक्षा अन्र्तगत नियमित विद्यार्थिहरु बाहेक ६ जना वालवालिकालाई आवासीय र निःशुल्क रुपमा कर्मकाण्ड विषयको पठन पाठन गराउँदै आएकोमा यसै आवबाट लागु हुने गरी जिल्लाको कुनै पनि ठाउँका असाहाय र टुहुराबाल वालिकाको अविभाबकत्व ग्रहण गर्दे निशुल्क र आवासिय शिक्षा दिने निर्णय भएको आफनो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
प्रअद्धारा प्रस्तुत प्रतिवेदनमा यस अघि विद्यालयले रामेछाप नगरपालिका र विभिन्न दातृ र सहयोगि मनहरुको समेत आर्थिक सहयोगमा आवास सहित नगद २५ लाख रुपैयाँको अक्षयकोष खडा गरि उक्त अक्षय कोषबाट आउने ब्याजबाट आवासिय सेवा संचालन गर्दे आएको पनि उल्लेख गरिएको छ । यस बाहेक आगामी आव अर्थात असार बाट लागु हुने अविभावक विहिन अवस्थामा वेसहरा भएर बसेका वाल वालिकाहरुको लागि पनि स्थानिय सरकारको सिफारीसमा थप कोषको ब्यवस्थापन गरि उनिहरुका लागि आवास सहितको पठन पाठनको काम थालनी गर्ने निर्णय ब्यवस्थापन समितिले गरेको जानकारी पनि प्रअले गराएका थिए । त्यस खालको वाल वलिका सम्पर्कमा आए जानकारी गराउन पनि प्र अ घिमिरेले सरोकार सबै संग आग्रह गरेका छन् ।
उक्त बार्षिक उत्सबको उद्घाटन रामेछाप नगरपालीकाका प्रमुख लबश्री न्यौपानेले गरेका थिए । सो अवसरमा बोल्दे उनले शारदा संस्कृत मावि आफु अध्ययन गरेको विद्यालय भएकोले विद्यालयको हितका लागि नगरपालिका जहिले कहिले पनि सहयोग गर्न तयार रहेको बताए । सो अवसरमा प्रमुख अतिथि न्यौपानेले विद्यालयका संस्थापक र अग्रज हरुको योगदानका कारण विद्यालय यो ठाउँमा आई पुगेको स्मरण गर्दे त्यसका लागि उहाँहरुलाई धन्यवाद दिए । त्यसै गरि उनले विद्यालको हितका लागि जग्गा दिने दाताहरुको स्मरण गर्दे उनिहरु प्रति आफु पनि यसै विद्यालयको पुर्व विद्यार्थि भएको नाताले उनिहरु प्रति पनि सम्मान ब्यक्त गरे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त वार्षिक समारोहका अवसरमा एक बर्षको विचमा विद्यालयको पठन पाठन र संचालनका लागि सहयोग गर्नु हुने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयका विभिन्न कक्षामा प्रथम द्धितिय र तृतिय हुने र विभिन्न विधामा उत्कृष्ट परिणाम ल्याउने विद्यार्थिहरुलाई पनि विद्यालयले पुरस्कृत गरेको थियो ।
सम्मानित हुने हरुमा पुर्व ब्यवस्थापन समितिका अध्यक्ष स्वर्गिय भीमहरी घिमिरेका छोराद्धय नारायण प्रसाद र शम्भु प्रसाद घिमिरे, पूर्व अध्यक्ष राजन प्रसाद घिमिरे, हरि प्रसाद घिमिरे र राजन प्रसाद घिमिरे चिलनबोटे र शम्भु घिमिरेलाई पनि गुरुकुलन संचालनका लागि आर्थिक सहयोग गरेको भन्दै विद्यालयले सम्मान पत्रद्धारा सम्मान गरिएको हो ।
त्यसैगरि विद्यालयको ब्यवस्थापन समितिका पुर्व अध्यक्ष हरुमध्यबाट सुर्दशन राय र उत्कृष्ठ पठन पाठन र आन्तरिक ब्यवस्थापनमा समेत उत्कृष्ठता हाँसिल गर्ने शिक्षक शिक्षिकाहरु लाई पनि कार्यक्रमका अवसरमा प्रमुख अतिथि लब श्री न्यौपानेले सम्मान पत्रद्धारा सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सन्तोष कुमार तामाङ्गले जिल्लाको ऐतिहाँसिक विद्यालयको रुपमा स्थापीत यस विद्यालयको सुधारका लागि वडा कार्यालयलयले पनि सहयोग गर्न तयार रहेको भन्दै अतिथिको रुपमा सहभागि गराएकोमा विद्यालय परिवारलाई धन्यवाद पनि दिए ।