वनमा आगो लगाउने मगर पक्राउ

रामेछाप । सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा रामेछाप प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । गत ४ गते ४ बजेको समयमा जिल्लाको रामेछाप नगरपालिका वडा नं.–८ कात्तिकेटोल स्थित कात्तिके सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा अमर बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
कात्तिके सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा उक्त सामुदायिक वनका उपभोक्ताहरूले देखी प्रहरीलाई जानकारी गरे पश्चात् जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटेको प्रहरी टोलीले निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मगरलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागी डिभिजन वन कार्यालय रामेछाप डाँडामा बुझाइएको र डिभिजन वन कार्यालय रामेछाप डाँडाबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले यो भन्दा अगाडी सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने लिखु तामाकोशी गाउँपालिका ३ का अशोक महत र रामेछाप नगरपालिका वडा नं. ३ बस्ने सुवास महतलाई पक्राउ गरिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button