कपडा डिजाइन सम्बन्धी ‘एडभान्स’ लेबलको तालिम

रामेछाप । जिल्लाको मन्थली नगरपालिका–१, मन्थलीमा १५ दिने एडभान्स लेडिज फेसन डिजाइन कटिङ तथा सिलाई तालिम सम्पन्न भएको छ । मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ रामेछापको आयोजनामा जिल्ला भित्र व्यवसायीक रूपमा काम गर्दै आएका २० जना महिलाहरूको सहभागितामा एडभान्स लेबलको तालिम भएको हो ।
आइतबार मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य सङ्घका सचिव यज्ञ सुवेदी, पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे र आयोजक समेत रहेका सङ्घका अध्यक्ष ज्ञानबहादुर सुनदाससहितको उपस्थितिमा तालिम समापन गरिएको हो ।
तालिम समापन गर्दै नगरप्रमुख श्रेष्ठले सहभागीहरूलाई प्रशिक्षक इन्जु घलेबाट सिकेको सिपले व्यवसायमा टेवा पुग्ने आसा लिएको बताए । नगरपालिकाले महिलासहित नगर भित्रका सिप सिक्न चाहने जो कोहीलाई पनि तालिम दिई रहेको सुनाउँदै नगरप्रमुख श्रेष्ठले भने– ‘यो तालिमबाट सिप सिकेर व्यवसाय फस्टायो भनेको सुनियो भने थप तालिम दिन नगरपालिका तयार छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button