नेवा सम्पर्कले बिद्यार्थीलाई दियो निशुल्क बस्ने ठाउँ

रामेछाप । रामेछाप काठमाडौ नेवा सम्पर्क समूहले सामाजिक कार्य गर्दै आइरहेको थियो । समूहले अस्पतालमा बिरामी पर्दा आर्थिक सहयोग देखि रगत समेत ब्यवस्थापन गर्दै आइरहेको थियो । नेवा समूहले यो पटक भने आफ्नो भवनमा बिद्यार्थी राखेर सहयोग गरेको छ ।
यति बेला रामेछाप जिल्लाको खाँडादेबी गाउँपालिका वडा नं.- ३ भिरपानी स्थित प्रगतिशील माध्यमिक बिधालयका बिद्यार्थी नेवा सम्पर्क समुहको घरमा छन । एसईईको रिजल्ट सार्वजनिक भएपछि फेल भएका विद्यार्थीहरुलाई संस्थाले बस्ने ब्यवस्थापन गरेको संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठ “दिनेश” ले बताए । अध्यक्ष दिनेशले भने – सामाजिक कार्य गर्दै आएका थियौं झन हाम्रो भवनमा बिद्यार्थी राखेर पढाउन पाउनु हाम्रो लागि खुशीको कुरा हो । यहाँ बस्ने १२ जना बिद्यार्थीलाई उत्तीर्ण गराउन सके हामी खुशी हुने थियौं ।
विद्यार्थी सँग ब्यवस्थापन समितिका अध्यक्ष सँगै छन । शिक्षक छुट्टै छन । त्यसमा बिद्यार्थीलाई दैनिक कार्यतालिका संस्थाले बनाइदिएको छ । घरमा बुवा आमा बाहेक अरुलाई सम्पर्क गर्ने मोबाइल चलाउने सामाजिक संजालमा अनावश्यक समय खर्चन नेवा सम्पर्क समुहले पुर्णरुपमा बन्देज लगाएको संस्थाका सचिब भिम श्रेष्ठले बताए ।
प्रगतिशील माध्यमिक बिधालय बाट १५ जनाले एसईईको परिक्षामा सहभागी भएका थिए जसमा २ जना मात्र उत्तीर्ण भए पछि बिधालय र ब्यवस्थापन के गर्ने भन्ने सोचमा थियो ।
अहिले संस्थाले सहयोग गर्यो, बिद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने वातावरणतय भयो, हामी ठुक्क छौँ विद्यालयको भनाई छ ।
मौका परिक्षामा ९०% पास हुन्छन, हामी मेहनत गरेर पास गर्ने बनाउछौँ बिधालयका प्रअ राम बहादुर श्रेष्ठले प्रतिबद्धता गरे ।