उपराष्ट्रपति राम सहाय प्रसाद यादव अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति राम सहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाको लागि उपराष्टपति यादवलाई मंगलबार साँझ त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको छ ।
उपराष्ट्रपतिको शल्यक्रिया प्रा.डा.रमेशसिंह भण्डारी (युनिट चिफ एण्ड लिभर टान्सप्लान्ट सर्जन) र डा. सुमिता प्रधानसहितको चिकित्सकको टिमले गर्ने बताइएको छ ।



