१२ सय विद्यार्थीलाई न्यानो कपडा वितरण

रामेछाप । समाज सेवाको क्षेत्रमा छुट्टै  पहिचान बनाएका समाजसेवी रत्नप्रसाद गौतमले रामेछाप जिल्लाको सबै भन्दा धेरै विद्यार्थी अध्ययनरत मन्थली माविका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरे । उनले सोमबार दिउँसो विद्यालय हाता भित्र एक औपचारिक कार्यक्रमका बिच विद्यालयमा अध्ययनरत एक हजार २ सय विद्यार्थिहरुलाई एक–एक सेट न्यानो कपडा वितरण गरे । 
यस अघिका विभिन्न समय र स्थानमा पुगेर दिन दुखिलाई विभिन्न सहयोग गर्दै  दर्जनौँ समाज सेवाको काम गर्दै समाज सेवामा छुट्टै पहिचान बनाएका गौतमले विद्यार्थी, विद्यालय व्यवस्थापन समिति विद्यालय परिवार स्थानीय राजनीतिक दलका प्रमुख र सरोकारवालाहरूको रोहबरमा उक्त कपडा वितरण गरेको जानकारी विद्यालयले गराएको छ  । 
नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य गौतमले न्यानो कपडा अन्तर्गत प्रति विद्यार्थी एक सेट ट्र्याक सुट र एक थान टिसर्ट उपलब्ध गराएका थिए । न्यानो कपडा लिनका लागि विद्यार्थिहरुको अलावा कतिपय अभिभावकहरू पनि सहभागी थिए ।  
कपडा हस्तान्तरण कार्यक्रमका बोल्दै समाजसेवी गौतमले विद्यार्थी र अभिभावकलाई पठनपाठनमा उत्प्रेरित गर्न आफूले जिल्ला पार्टी र विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनसँग समन्वय गरी न्यानो कपडा सहयोग गरेको भए पनि विद्यालयका लागि आफूले अरु खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले समाज सेवी गौतमले विद्यार्थिहरुका लागि गरेको सहयोग प्रति धन्यवाद दिँदै  विद्यार्थीहरूलाई अनुशासित  वातावरणमा पठन पाठन गराउनु पनि विद्यालय र आम अभिभावको दायित्व रहेको धारणा व्यक्त गरे ।  
मन्थली माविका प्रधानाध्यापक डा. टङ्कप्रसाद दाहालले मन्थली माविको भौतिक पूर्वाधार निर्माणमा पनि गौतमको ठुलो योगदान रहेको बताए । कार्यक्रमका अवसरमा  पूर्व प्रधानाध्यापक गुञ्जबहादुर श्रेष्ठ, नेपाली काँग्रेस रामेछापका प्रवक्ता कुमार श्रेष्ठ, अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराई, विद्यालयको बाल क्लबकी अध्यक्ष मनसुन लामा लगायत गौतमले विद्यालयका लागि गरेको सहयोग प्रति धन्यवाद पनि दिएका थिए ।  
विद्यालयलाई सहयोग गर्ने गौतमलाई विद्यालयले सम्मान पत्र र दोसल्ला ओढाएर  सम्मान गरेको थियो । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button