रामेछाप महिला उद्यमी संघको अध्यक्षमा महत
रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत चयन भएकी छिन् । शनिवार मन्थलीमा सम्पन्न भएको संघको चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महत अध्यक्ष चयन भएकी हुन् ।
त्यस्तै उपाध्यक्षमा तारादेवी थापा, महासचिवमा मञ्जु माझी, सचिवमा बोध कुमारी श्रेष्ठ (गोमा), कोषाध्यक्षमा विमला श्रेष्ठ चयन भएका छन् । कविता श्रेष्ठ, सविता श्रेष्ठ, विमला श्रेष्ठ, डुकुना पोखरेल (घिमिरे) र सावित्री घिमिरे (दाहाल) कार्यसमिति सदस्यमा चयन भएको निर्वाचन समितिका संयोजक नवीन थापा मगरले बताए ।