काँग्रेस नेताले विद्यार्थीलाई दिए न्यानो कपडा र शैक्षिक सामाग्री
रामेछाप । नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका नेताहरूले विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री दिएका छन् । उनीहरूले व्यक्तिगत आर्थिक लगानीमा पालिका भित्रका एक सय भन्दा बढी विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष केशव महत, वडा अध्यक्ष रोम तामाङ र दीपक पुलामी मगर, जिल्ला पार्टी सल्लाहकार कृष्ण महतसहितको उपस्थितिमा पालिकाको कैलेश्वर आधारभूत विद्यालय , लालिगुरास क्षेरिङ आधारभूत विद्यालय , रणजित आधारभूत विद्यालय, सेतीदेवी आधारभूत विद्यालय, र रुपादेवी आधारभूत विद्यालयका स–साना विद्यार्थीहरूलाई स्विटर, टोपी, ट्याक्सुट्, कपी र पेन्सिल प्रदान गरिएको नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका पार्टी सभापति सुन्दर खड्काले बताए।
पालिकाको वडा नं ५ का टेकबहादुर तामाङले सोही वडाका ४ वटा विद्यालयका १ सय २० जना बालबालिकालाई र नेता त्रिविक्रम महत र रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति सुवास दाहालले ४ नम्बरकै रुपादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग प्रदान गरेका हुन् । टेकबहादुरले कैलेश्वर आधारभूत विद्यालय, लालीगुराँस आधारभूत विद्यालय, रणजित आधारभूत विद्यालय, र सेती देवी आधारभूत विद्यालयका विद्यार्थीलाई व्यक्तिगत लागतमा १ सय २० जना विद्यार्थीलाई सामाग्री दिएका हुन् ।