रिलायबल लाइफ ईन्स्योरेन्स लिमिटेड मन्थली शाखाले ७० जना विद्यार्थीलाई वितरण गर्यो न्यानो कपडा

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । नर्सरीदेखि ८ कक्षासम्म अध्ययन गर्ने करिब ७० जना विद्यार्थीलाई रिलायबल नेपाल लाइफ ईन्स्योरेन्स लिमिटेड रामेछाप शाखाले ट्याक सुट वितरण गरिएको हो ।

सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई यो जाडोमा लगाउने ट्याक सुट वितरण गरिएको हो । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की, को प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई,नगर प्रवत्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्की,रिलायबल लाइफ ईन्स्योरेन्स बाग्मती प्रदेशका प्रमुख राज कुमार गिरी को विशेष आतिथ्यता मा विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको हो ।

प्रमुख अतिथी रामेछाप नगरपालिकाकि उप प्रमुख बाला कुमारी कार्की रामेछाप नगर पालिकाका प्रसाशकिय अधिकृत भोला प्रसाद चापागाईं सोही वडाका अध्यक्ष समीर कार्की विद्यालयका प्रधानाध्यापक राम बहादुर घिसिङ्गले लोपोन्मुख जाती हायु जाती को बाहुल्यता रहेको समुदाय मा रिलायबल नेपाल लाइफ ईन्स्योरेन्स लिमिटेड मन्थली रामेछाप शाखा लाई विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँहरुले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन संस्थालाई आग्रह गर्नुभयो । साथै बनेपा बाग्मती प्रदेश प्रमुख राज कुमार गिरि ले आफ्नो कम्पनी ले सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा बितरण गरियको बताउदै बिमा को दायरा निम्न समुदाय सम्म पुर्याउने लक्ष्य लियको सानो सानो रकम जम्मा गर्दा बचत हुने र पछि हुन सक्ने सम्भाबित घट्ना को समेत आर्थिक सुरक्षा हुने बताय । यो विद्यालयले हायु जातिका विद्यार्थीलाई हायु भाषा पनि पठनपाठन गराउँदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button